logo

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छाडिन् ,अन्तरिम सरकार गठन गर्ने सेनाप्रमुखको घोषणा

    745   पटक पढिएको


२१ साउन/अर्थ र व्यापार – प्रदर्शनकारीको आन्दोलन नियन्त्रण गर्न नसकेपछि अन्ततः बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मुलुक छाडेकी छिन् । पुनः आइतबारदेखि हिंसात्मक प्रदर्शन चर्किएपछि प्रधानमन्त्री हसिनाले आफ्नो मुलुक छाडेकी हुन् ।
बीबीसीका अनुसार उनी चढेको हेलिकप्टर भारततर्फ उडेको छ । प्रधानमन्त्री हसिनासहित बहिनी शेख रेहानाले आफ्नो मुलुक छाडेर भागेका हुन् । पुनः सरकारविरोधी प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले बंगलादेशको ढाकास्थित प्रधानमन्त्री हसिनाको सरकारी निवासमा पुगेर लुटपाट समेत गरेका थिए । प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवासभित्र पसेर कुर्सी र सोफा बोकेको फुटेज समेत देखिएको थियो ।
प्रधानमन्त्री हसिनाको सरकारी निवासमा प्रदर्शनकारीले लुटपाट गरिरहेको दृश्य आइतबारको सिसिटभी फुटेजमा देखिएको बीबीसीले उल्लेख गरेको छ । केही प्रदर्शनकारीले गणभवन निवासबाट कुर्सी सोफा बोकेर सडकबाहिर निकालेका दृश्य देखिएको थियो ।
यसैबीच, प्रधानमन्त्री हसिना देश छाडेर भागेपछि ढाकास्थित प्रधानमन्त्री निवास गणभवन पुगेका प्रदर्शनकारीले विजयीभावमा उत्सव मनाइरहेका छन् । बंगलादेशी टेलिभिजन च्यानल २४ लाई उद्धृत गर्दै एएफपीले प्रधानमन्त्री निवासमा अहिले अत्यधिक भिड जम्मा भएको जानकारी दिएको छ । उनीहरूले क्यामेराअघि उभिएर विजयीभावमा उत्सवसमेत मनाएको दृश्य टेलिभिजनले प्रसारण गरेको विभिन्न सञ्चार माध्याममा उल्लेख छ ।
आइतबारदेखि बंगलादेशमा पुनः आन्दोलन चर्किएको हो । केही दिन मत्थर भएको सरकारविरोधी आन्दोलन पुनः चर्किएको हो । आइतबार बंगलादेशका विभिन्न ठाउँमा सरकारविरोधी प्रदर्शनका क्रममा कम्तीमा ९६ जनाको मृत्यु भएको ढाका ट्रिब्युनले जनाएको छ ।
‘विभेद विरोधी विद्यार्थी आन्दोलन’ को ब्यानरमा भएको प्रदर्शनका क्रममा ठाउँ–ठाउँमा सुरक्षाकर्मीसँग झडप भएको बंगलादेशी सञ्चारमाध्यमले जनाएका छन् ।
सोमबार प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
‘सबै राजनीतिक दलसँगको फलदायी छलफलपछि हामीले अन्तरिम सरकार बनाउने निर्णय गरेका छौं । हामी अहिले राष्ट्रपति मोहम्मद शाहबुद्दीनसँग कुरा गर्नेछौं ताकि स्थिति समाधान गर्न सकियोस उनले भनेका छन् ।
उनले आन्दोलनको नाममा हुने सबै हिंसा बन्द गर्न आह्वान गर्दै विभेद विरोधी विद्यार्थी आन्दोलनका क्रममा भएका सबै मृत्युको नयाँ सरकारले न्याय सुनिश्चित गर्ने वाचा समेत गरेका छन् । ढाका विश्वविद्यालयको कानुन विभागका प्रोफेसर आसिफ नजरुललाई विज्ञप्ति जारी गरी विद्यार्थीलाई आन्दोलन फिर्ता लिन अनुरोध गर्न भनिएको छ।
जनरल वाकरले शेख हसिनाले आफ्नो पदबाट राजीनामा दिएर देश छाडेको बताएका छन । उनले सेनाको मुख्यालयमा राजनीतिक दलसँगको बैठकमा अवामी लिगका कुनै पनि सदस्य नरहेको बताएका छन् ।
सोमबार सो प्रदर्शनमा कम्तीमा पनि ४ लाख मानिस सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ढाकामा सोमबार मात्र प्रदर्शनका क्रममा ६ जनाको मृत्यु भएको छ । राजधानी ढाकामा गाउँगाउँबाट समेत प्रदर्शनका लागि मानिसहरू आएको त्यहाँका विभिन्न सञ्चार माध्यामहरुले जनाएका छन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।