logo

वर्षाले दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलको छत भत्कियो, एक जनाको मृत्यु , दर्जनौं घाइते

    1403   पटक पढिएको


१४ असार/अर्थ र व्यापार – भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत खस्दा एक जनाको मृत्यु भएको छ ।
भारी वर्षासँगै छत भत्किएर च्यापिँदा एक जना ट्याक्सी चालकको मृत्यु भएको छ । १० वटा सवारी साधन च्यापिँदा केही घाइते छन् ।
सवारी साधनको भिड जम्मा भएको बेला टर्मिनल भवनको छत खसेको थियो । ठूला–ठूला बिम कारहरुमाथि बज्रिएका थिए ।

स्थलगत अवलोकन गर्न केन्द्रीय नागरिक उड्डयन मन्त्री राममोहन नायडु सहितका अधिकारीहरु घटनास्थलमा पुगेका छन् । मन्त्री नायडुका अनुसार सन् यो सन् २००९ मै निर्माण भएको थियो ।
उनले यस घटनाको सत्यतथ्य जाँच हुने बताए । उनले देशका अन्य विमानस्थलको भौतिक पूर्वाधारको अवस्थाको पनि जाँच गर्ने बताए ।
मन्त्री नायडुले मृतकका परिवारलाई २० लाख र घाइतेलाई ३ लाख रुपैयाँको दरले राहत दिने घोषणा सरकारले गरिसकेको जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ। यो घटनापछि सो विमानस्थलको टर्मिनल वान बाट उड्ने तय भएको विमानहरु रद्द गरिपएको छ।
सुरक्षाको कारण त्यहाँको चेकइन काउन्टर पनि बन्द गरिएको छ। भारतको मौसम विभागले दिल्लीमा अझै भारी वर्षासँगै ठूलो हावाहुरी चल्ने प्रक्षेपण गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।