logo

नेपाललाई पाम तेलको निर्यात गर्न बाटो खुल्यो

    1889   पटक पढिएको

१७ असार/अर्थ र व्यापार– भारतले बुधबारदेखि प्रशोधित पाम तेलको आयात खुला गरेपछि नेपाललाई पाम तेलको निर्यात गर्न बाटो खुलेको छ ।  

भारतको डाइरेक्टरेट जनरल अफ फरेन ट्रेडले बुधबार एक सुचना प्रकाशित गर्दै पाम तेलको आयात फेरि विश्वब्यापी रुपमै खुला गरेको हो । यसअघि भारतले गत असारदेखि विश्वब्यापी रुपमै पाम तेलको आयात रोकेको थियो ।

भारतले पाम तेलको आयात विश्वब्यापी रुपमै बन्द गर्दा नेपालबाट हुने बार्षिक २५ अर्बभन्दा बढीको निर्यातमा प्रभावित भएको थियो । नेपालका उद्योगीले मलेसिया र इन्डोनेसियाबाट आयात गरेर पाम तेल भारत निर्यात गर्दै आएको छ ।

भारतले तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टी जनाएको थियो।

भारतले नेपाल–भारत सचिवस्तरीय अन्तर सरकारी समिति (आइजीसी) बैठकमा समेत तेस्रो मुलुकबाट आयात गरेर जस्ताकोतस्तै पाम आयल निर्वाध रूपमा निकासी गर्न दिएको भन्दै नेपालसँग असन्तुष्टी जनाएको थियो ।

नेपालका उद्योगीले साफ्टा सम्झौंताको फाइदा उठाउँदै चार वर्षअघिदेखि शून्य भन्सार महसुलमा पाम तेल भारततर्फ निकासी गर्न थालेका थिए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।