logo

भारतमा नोटबन्दीको पीडा

    2417   पटक पढिएको


३१ जेठ / अर्थ र व्यापार -  भारतमा नोटबन्दीको शिकार बनेका १ हजार र ५ सय दरका नोट सयकडा ९ भारुका दरले साटिन थालेका छन् । यो सटहीमा ९० प्रतिशत कमिसन गैरआवासीय भारतीय (एनआरआई) ले खाइरहेको छ । भारत सरकारले एनआरआईलाई जून ३० सम्म नोटबन्दीमा परेका नोट सटहीको सुविधा दिएको छ । प्रत्येक एनआरआईले २५ हजारसम्म रकम साट्न नपाउने व्यवस्था गरिएको छ ।

वास्तवमा भन्नुपर्दा १ हजार र ५ सयका नोट साट्दा प्रतिसय ९ रुपैयाँ मात्र वास्तविक धनीले पाउने गरेका छन् । यसको अर्थ कसैले १ करोड रुपैयाँ साट्न खोज्यो भने उसको हातमा मात्रै ९ लाख रुपैयाँ पर्ने देखिएको छ । यस्तो कारोबारको मध्यस्थता गर्नेको कमिसन भने १ प्रतिशत मात्र रहेको छ । ती नोटको १ करोड भारु साट्दा वास्तविक धनिले ९ लाख र मध्यस्थकर्ताले १ लाख पाउँछ भने बाँकी सबै एनआरआईले खान्छन् ।

सरकारलाई सम्पत्ती विवरण देखाउन नसक्ने वा नचाहनेले कम मूल्य पाइने भए पनि नोट साट्ने गरेको समाचारमा बताइएको छ । यो कारोबारमा संलग्नले जुन २५ गतेसम्म मात्र नोट संकलन गर्ने छन् । त्यसपछि पाँच दिन मात्र बाँकी रहने भएकोले जोखिमका कारण २५ तारखसम्मको मिती तय गरिएको हो । हालै हैदरावादमा नोटबन्दीमा परेको कुल ३ करोड ४८ लाख भारुसहित व्यवसायी पक्राउ परेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।