logo

चौधरी ग्रुपको स्वामित्व रहेको युगान्डाको होटलको स्वामित्व आजदेखि परिवर्तन हुँदै, लिलामी प्रक्रियाले आज पूर्णता पाउने

    1659   पटक पढिएको

९ पुस /अर्थ र व्यापार - चौधरी ग्रुपको समेत स्वामित्व रहेको युगान्डाको होटल ग्रान्ड उबुम्वेको स्वामित्व आजदेखि परिवर्तन हुँदैछ ।  होटलका तीन साझेदारबीच उत्पन्न बिबादका कारण  ऋण उठाउनकालागि रुवाण्डाको केसिबी बैंकले होटल भवनको लिलामी गर्न लागेको हो । बैंकले लिलामी गरेपछि अब किगालीमा रहेको होटलको भब्य भवन नयाँ स्वामित्वमा जानेछ । एक महिना लामो बिवाद र लिलामी प्रक्रियाले आज पूर्णता पाएपछि कम्पनीले तिर्नबाँकी १ करोड ८० लाख डलर केसिबी रुवाण्डाले उठाउने निश्चित भएको छ । केसिबी बैंकले गत सेप्टेम्बरमा रुवाण्डा बिकास बोर्डलाई पत्र लेखी होटलले आफ्नो ऋण नतिर्ने अवस्था देखिएकाले उठाइदिन भनेको थियो ।

बैंकले होटलका साझेदारहरु ऋण तिर्न सक्षम रहेपनि आन्तरिक बिबाद मिलाउन नसक्दा आफ्नो ऋण उठाउनका लागि होटलको भवन लिलामी गर्न माग गरको थियो । तीन समूहको साझेदारीमा खुल्ने भनिएको यस होटलमा संचालन हुनु तीन महिना अघिदेखि नै विवाद सुरु भएको थियो । सिजी कर्पले जिंक ब्राण्ड अन्तर्गत होटल संचालन गर्ने सम्झौता भएपनि अन्य दुई साझेदारले होटल संचालनको तीन महिना अघि नै बहुपक्षीय सम्झौता तोडेको आरोप सिजीले लगाएको छ । गत वर्ष ग्लोबल होटल चेन हिल्टनले यस होटलको व्यवस्थापन लिने समाचार बाहिरिएपछि सिजी कर्प भड्किएको थियो ।

विववादपछि हिल्टन समूहले हेर्ने भनेको होटलको ब्यबस्थापनको काम पनि रोकिएको छ । होटललाई सन् २०१९ को पहिलो त्रैमासिकदेखि डबल ट्रि ब्राण्ड अन्तर्गत ब्यबस्थापन हुने भनिएको थियो । होटलमा रुवाण्डाका मुक्वानो समूहका अलिखान कारमाली, रुवाण्डाको निजी क्षेत्रका ब्यवसायीको महासंघका अध्यक्ष रोबर्ट बाफाकुलेरा तथा चौधरी ग्रुपको सिजी कर्प ग्लोबलका बिनोद चौधरीको स्वामित्व रहेको छ । तीन साझेदारबीच होटलको ब्यबस्थापनका बिषयमा मतभेद भएपछि होटलले बैंकलाई तिर्न बाँकी रकम उठाउन होटलको भवन लिलामी प्रक्रियामा गएको हो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।