logo

केन्द्रीय बैंकमा भारतमा प्रतिबन्धित पाँच सय र हजारका नोट ९९ प्रतिशत फिर्ता

    2381   पटक पढिएको

१५ भदौ / अर्थ र व्यापार – भारतमा अघिल्लो वर्ष अप्रत्याशित रुपमा अवैध मुद्रामा नोटबन्दी लगाइएपछि प्रतिबन्धित रहेका उच्च दरका लगभग सबै नोट भारतीयहरुले फिर्ता गरेका छन् । भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुुसार ती नोटहरु मध्ये १५२.८ टन रुपियाँ अर्थात २४२ अरब डलर बैंङ्किङ प्रणालीमा फिर्ता आएकोे छ ।

यो रकम प्रतिबन्धित उच्च दरका नोट मध्येको ९९ प्रतिशत हो । पाँच सय र एक हजार रुपियाँका नोटको प्रतिबन्धसँगै बैंङ्कहरुमा रकमको अभाव भएको थियो । पाँच सय र एक हजार रुपियाँका नोटहरुले भारतीय बजारमा रहेका नोटको ८५ प्रतिशत हिस्सा ओगट्ने गरेको छ । लगभग सबै प्रतिबन्धित नोट फर्किएपनि रिजर्भ बैंक अफ इन्डिया ले नोटबन्दी अभियानलाई पूर्ण रुपमा सफल भने मानेको छैन ।

बैंंकका अनुसार कृषि, ग्रामीण अर्थतन्त्र र वस्तुको व्यापारका क्षेत्रमा नगद कारोबारमा निर्भर हुने स्थानमा भने नराम्रोसँग प्रभाव परेको छ । धेरै कम आय भएका व्यापारी र साधारण बचतकर्ता जो नगदी अर्थव्यवस्थामा निर्भर रहेका थिए, उनीहरु यसबाट नराम्रोसँग प्रभावित भएका थिए । सरकारी निर्णयले आर्थिक वृद्धिलाई सुस्त पार्न भूमिका खेलेको छ ।

सरकारी अधिकारीहरुले गत वर्ष यसरी अवैध रुपमा राखिएका नोटहरु जफत गर्न सजिलो हुने भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । योे कदमबाट अघोषित धनका बचतकर्ताहरुलाई कानुनी रुपमा पैसा विनिमय गर्नका लागि अप्ठ्यारो हुने आशा गरिएको थियो । त्यसैले यो नीतिको घोषणामा प्रश्न उठ्नुका साथै भारतभर अन्यौलको अवस्था निम्त्याएको थियो ।

अर्कातर्फ आफूसँग भएका नोटहरु साट्ने आशमा आएका मानिसहरुको अत्याधिक भीडलाई व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको थियो । भारतको केन्द्रिय वैकले भारत बाहिर रहेका प्रतिवन्धित नोटको अवस्थाका वारेमा भने केही खुलाएको छैन । भारतमा काम गर्न जानेहरुले नेपाल ल्याएका तर साट्न नपाएका प्रतिबन्धित नोटहरुले समष्या उत्पन्न गराएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।