logo

सोखका लागि फोटो खिच्ने निमाले जिते विश्वप्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’

    1074   पटक पढिएको


२५ माघ/अर्थ र व्यापार – रमाइलो र सौखका लागि फोटो खिच्दै आएका ब्रिटेनका निमा सारिखानीले विश्व प्रतिष्ठित ‘वाइल्डलाइफ फोटोग्राफर अफ द इयर पिपल्स चोइस अवार्ड’ जितेका छन् । पानीमाथि तैरिरहेको बरफमाथि सुतिरहेको भालु (पोलर बियर) को फोटोबाट उनले सो अवार्ड जितेका हुन् ।
सिरिखानीले यो फोटो नर्वेको स्पार्भार द्वीप समूह नजिक तीन दिनको पर्खाइपछि खिच्न सफल भएको बीबीसीले जनाएको छ । पिपल्स चोइस अवार्डका लागि विश्वभरबाट भोटिङ गरिएको थियो । सिरिखानीले खिचेको बरफमाथि सुतिरहेको भालुको फोटोले ७५ हजारभन्दा बढी भोट पाएको थियो । बहुमतको आधारमा सोही फोटोले ‘पिपल्स चोइस अवार्ड’ जित्न सफल भएको हो ।
नेचुरल हिस्ट्री म्युजियमले हरेक वर्ष वाइल्डलाइफ फोटोग्राफर अफ दि ईयर पिपल्स च्वाइस अवार्ड फोटोग्राफी प्रतियोगिता आयोजना गर्दछ । सन् २०२३ का लागि ५० हजार भन्दा बढी फोटाहरु प्राप्त भएका थिए । तीमध्ये १०० फोटाहरु अन्तिम प्रतिस्पर्धामा राखिएका थिए ।
सिरिखानीले आफ्नो फोटोलाई ‘आइस बेड’ (बरफको ओछ्यान) नाम दिएको थिए । जलवायु परिवर्तनको विश्वव्यापी संकटका बीच मस्त निद्रामा रहेको भालुको फोटो आशा जगाउने खालको रहेको उनले उल्लेख गरेका छन् ।
सारिखानीले व्यावसायिक उद्देश्यले नभई रमाइलोका लागि फोटो खिच्ने गरेको बीबीसीले जनाएको छ । यो फोटोबाट विश्वप्रतिष्ठित अवार्ड जित्दा निकै सम्मानित महसुस गरेको उनले बताएका छन् । उनले भनेका छन्, ‘जलवायु परिवर्तन हामी सामु ठूलो चुनौती हो । मलाई आशा छ कि यो फोटोले आशा जगाउने छ । हामीले जे गलत क्रियाकलाप गरेका छौं, त्यसलाई सच्याउने समय आएको छ ।’
लिङ्कडइन प्रोफाइल अनुसार सारिखानी सन् २०१७ देखि ह्याम्बलडेन क्यापिटलमा प्रबन्धक साझेदारको रुपमा कार्यरत छन् । ह्याम्बलडेन क्यापिटल विदेशमा प्रत्यक्ष लगानी गर्ने लण्डनस्थित कम्पनी हो । लण्डनबाट अर्थशास्त्र र गणितमा स्नातकसम्म अध्ययन गरेका उनी अफ्रिकी संरक्षण विकास समूह, प्रिभेल, एसएमई क्यापिटल र टाइन वेल्थ होल्ङ्सिमा बोर्ड सदस्य पनि छन् ।
नेचुरल हिस्ट्री म्युजियमका निर्देशक डा. डगलस गूरले निमा सिरिखानीले खिचेको फोटो निकै लोभालाग्दो र मार्मिक भएको बताएका छन् । यो फोटोमा हामीले हाम्रो सुन्दरता र नाजुकता देख्न सक्छौं । जलवायु परिवर्तन र ग्लोबल वार्मिङका बीच यी भालुहरुको बासस्थान नासिदै गएको छ । यसलाई बचाउन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।