logo

जापानमा गयो ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

१३ जनाको मृत्यु ,शहरका धेरै घरमा क्षती

    591   पटक पढिएको



१७ पुस/अर्थ र व्यापार – जापानको भूकम्पमा परी १३ जनाको मृत्यु भएको छ । मृतक सबै भूकम्पको केन्द्र इशिकावा क्षेत्रका हुन् ।
सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।
भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो । तर पछि ती सूचनाहरु हटाइएको थियो । अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ ।

जापानको सेल्फ डिफेन्स फोर्स (एसडीएफ)का एक हजार जनशक्तिलाई खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जापानका प्रधानमन्त्री फुमियो किशिदाले बताएका छन् । उनीहरु उत्तरी नोटो प्रायद्वीपमा समुद्री मार्गहरु स्थापना गर्न प्रयास गरिरहेको उनले बताएका छन् ।

भूकम्प प्रभावित क्षेत्रमा घर, सडक र बिजुलीका लाइनहरुमा क्षति पुगेका फोटो भिडियोहरु सामाजिक सन्जालमा देखिन्छन् । इशिकावाको वाजिमा शहरमा एक सय भन्दा बढी घरहरु भत्किएका छन् । यो पर्यटकीय शहर पनि हो । यसैगरी, इशिकावाकै सुजु शहरको एक प्राचीन मन्दिर पनि पूर्णरुपमा भत्किएको छ । त्यसको भग्नावशेषमा मानिसहरु पुरिएको हुनसक्ने अनुमान छ । भूकम्प प्रभावित विभिन्न ठाउँमा धुवाँको मुस्लो उडेको देखिएकाले आगलागी भएको अनुमान समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।