logo

पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने भारतको योजना, सुरुमा हाइड्रोजन बस सञ्चालनमा ल्याइँदै

    1204   पटक पढिएको


१२ असोज/अर्थ र व्यापार – छिमेकी मुलुक भारतको इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको प्रयोग विस्थापन गर्ने योजना सहित पहिलो पटक हाइड्रोजनबाट चल्ने बसको सुरुवात गरेको छ ।
इण्डियन आयल कर्पोरेसनले यो साताको सुरुवातमा पानी मात्रै निष्कासन गर्ने हाइड्रोजन बसको सुरुवात गरेको हो । पेट्रोलियम पदार्थको प्रयोगलाई विस्तापन गर्ने उद्देश्यसहित यो बसको सुरुवात भएको हो ।
इण्डियन आयल कर्पोरेसनले ७५ केजी हाइड्रोजनको उत्पादन विद्युतीय र पानीको प्रयोग गरेर गरेको छ । जसलाई भारतको राजधानी दिल्लीमा दुई बसहरुलाई सञ्चालनका लागि प्रयोग गरिने भारतको तयारी छ ।
भारतका तेल मन्त्री हरदिप सिंह पुरीले यी बसहरुको उद्घाटन गरेका थिए । उनले हाइड्रोजनले भारतमा परम्परागत रुपमा भइरहेको पेट्रोलियम पदार्थको प्रयोगलाई रुपान्तरण गर्ने बताए ।
इण्डियन आयल कर्पोरेसनको फरिदाबादस्थित अनुसन्धान र विकास (आर एण्ड डि) केन्द्रले अहिले ग्रिन हाइड्रोसनको उत्पादन गरिरहेको छ । ३० केजीको क्षमता भएका चार हाइड्रोजन सिलिण्डरको प्रयोगबाट बसले ३५० किमिको दूरीसम्म चल्न सक्ने बताइएको छ ।
चारैवटा सिलिण्डर भर्नका लागि १० देखि १२ मिनेट मात्रै समय लाग्छ । हाइड्रोजनलाई इन्धनका रुपमा प्रयोग गर्दा बाइप्रोडक्टका रुपमा पानीको मात्रै उत्पादन हुन्छ ।
उर्जाको क्षमतामा पनि अन्य इन्धनको तुलनामा तीन गुणा रहेको र वातावरणलाई हानी गर्ने किसिमका प्रतिउत्पादनहरु नहुने भएकाले हाइड्रोजन क्लिन इनर्जीका रुपमा मानिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।