logo

झन चर्कियो भारत र क्यानाडाबीचको तनाव , भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गर्यो

    1085   पटक पढिएको

३ असोज/अर्थ र व्यापार – भारतले पनि क्यानडामा रहेका आफ्ना नागरिकलाई सतर्क रहन ट्राभल एडभाइजरी जारी गरेसँगै भारत र क्यानडाबीचको तनाव झन चर्किएको छ । खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको विषयलाई लिएर तनावग्रस्त बनेको भारत र क्यानाडाबीचको सम्बन्ध यि दुबै देशले भिन्दाभिन्दै ट्राभल एडभाइजरी जारी गरेपनि थप पेचिलो बन्दै गएको छ ।
मंगलबारसम्म कूटनीतिज्ञलाई देश निकाला गर्ने प्रतिस्पर्धामा उत्रिएका क्यानडा र भारतले बुधबार एक अर्काविरुद्ध थप दबाब बनाएका छन् । मंगलबार राति क्यानडाले भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन भन्दै ट्राभल एडभाइजरी अप्डेट गरेको थियो ।
त्यसको २४ घण्टा नबित्दै भारतले पनि बुधबार क्यानडामा रहेका आफ्ना नागरिकलाई ट्राभल एडभाइजरी जारी गरेको छ । भारतले क्यानडामा रहेका आफ्ना नागरिकलाई अत्यधिक सावधानी अपनाउन, क्यानाडामा भारत विरोधी गतिविधिहरू सहित क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न र सतर्क रहन भन्दै कुनै अप्ठेरो परेको खण्डमा भारतीय नियोगहरूलाई जानकारी गराउन भनेको छ ।
‘क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणित अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू र यात्राको तयारीमा रहेकाहरूलाई अत्यन्त सावधानी अपनाउन आग्रह छ ।
भारतीय नागरिकलाई क्यानाडामा भारत विरोधी एजेन्डाको विरोध भइरहेका क्षेत्र र सम्भावित स्थानहरूमा यात्रा नगर्नु होला’ भारतको विदेश मन्त्रालयले जारी गरेको ट्राभल एडभाईजरीमा उल्लेख छ ।
‘क्यानडामा बिग्रिएको सुरक्षा परिस्थितिलाई ध्यानमा राख्दै, विशेष गरी भारतीय विद्यार्थीहरूलाई अत्यधिक सावधानी अपनाउन र सतर्क रहन अनुरोध छ । क्यानडामा रहेका भारतीय नागरिकहरू र विद्यार्थीहरूले पनि ओटावामा रहेको भारतीय उच्चायोग वा टोरन्टो र भ्यानकुभरमा रहेको भारतीय महावाणिज्य दूतावासमा उनीहरूको सम्बन्धित वेबसाइटहरू वा मद्दत पोर्टलमा आफ्नो अवस्था दर्ता गर्नुहोला । यसले उच्चायोग र महावाणिज्य दूतावासलाई कुनै पनि आपतकालीन वा अप्रिय घटनाको अवस्थामा क्यानाडामा रहेका भारतीय नागरिकहरूसँग राम्रोसँग सम्पर्क गर्न सहयोग पु¥याउने छ’ भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसअघि क्यानडाले मंगलबार राति ट्राभल एजभाइजरी अपडेट गर्दै आफ्ना नागरिकलाई भारत भ्रमण गर्दा अत्यधिक सावधानी अपनाउन आग्रह गरेको थियो । क्यानडाले ट्राभल एडभाइजरी जारी गर्दै अप्रत्याशित सुरक्षा स्थितिका कारण भ्रमणमा सावधानी अपनाउन भनेको थियो ।
मंगलबार जारी क्यानडाको ट्राभल एडभाइजरीमा लेखिएको छ, ‘जम्मु कश्मिरमा आतंकवाद, उग्रवाद, अशान्ति र अपहरणको खतरा छ ।’ भारतका गुजरात, पञ्जाब, राजस्थान र पाकिस्तानसँग सिमाना जोडिएका क्षेत्रमा नजान पनि क्यानडाले आफ्ना नागरिकहरुलाई भनेको छ ।
गत सोमबार क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले भारतीय एजेन्टले गत जुन महिनामा क्यानडाको ब्रिटिश कोलम्बिया क्षेत्रमा शिख समुदायका नेता हरदीप सिंह निज्जरको हत्या गरेको अभिव्यक्ति दिएपछि दुई देशबीच तनाव बढेको हो ।
क्यानडाले सोही आरोपमा भारतका एकजना कूटनीतिज्ञलाई देश निकाला गरेको छ भने भारतले पनि क्यानडाका एक कूटनीतिज्ञलाई पाँच दिनभित्र देश छाड्न निर्देशन दिएको छ ।
क्यानडाले शिख नेताको हत्यामा भारतको संलग्लनता रहेको आरोपमा भारतीय कूटनीतिज्ञलाई देश निकाला गरेको २४ घण्टा नबित्दै भारतले पनि ट्राभल एडभाइजरी सहित क्यानडाली कूटनीतिज्ञलाई मंगलबार देश छोड्न निर्देशन दिएको थियो ।
मंगलबार भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी एकजना क्यानडाली कुटनीतिज्ञलाई ५ दिनभित्र देश छाड्न निर्देशन दिएको जानकारी गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।