logo

हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगिन 

    1774   पटक पढिएको

५ माघ / अर्थ र व्यापार – अमोरिकामा विस्तार भएको हिमानी ट्रष्टको शाखा उद्घाटन गर्न पूर्व युवराज्ञी हिमानी शाह अमेरिका पुगेकी छिन ।   
पूर्व युवराज्ञी हिमानी शाहको नेतृत्वमा नेपालमा सन् २०१० मा स्थापना गरिएको हिमानी ट्रष्टले अमेरिकामा आफ्नो संगठन विस्तार सुरु गरेपछि अहिले उनी त्यहाँ पुगेकी हुन ।  
 ट्रष्टको उद्घान कार्यक्रममा भाग लिन पूर्व युवराज्ञी शाह मंगलवार अमेरिकाको राजधानी वासिंगटन डिसी पुगेकी थिईन् । शाहवाट (आज) वुधवार हिमानी ट्रष्ट युएसएको औपचारिक रुपमा उद्घाटन हुनेछ । अमेरिकामा हिमानी शाहको स्वागत गर्न राजधानी वासिंटन डिसी वरपरका राज्यहरुवाट मात्र नभई पूर्वी र पश्चिमी राज्यहरुवाट पनि नेपाली आप्रवासीहरु वासिंटन डिसी पुगेका थिए । शाहको स्वागतमा ट्रष्ट युएसएका अध्यक्ष हरि शर्मा ,महासचिव आनन्दु लामा, क्यालिफोर्नियाबाट मदरल्याण्ड नेपालका अध्यक्ष, अनिल पाण्डे, संचारकर्मी रमा सिंह लगायत थुप्रै नेपालीहरु विमानस्थल पुगेका थिए 
भर्जिनिया निवासी हरि शर्माको नेतृत्वमा यस अघि नै हिमानी ट्रष्ट युएसएको गठन गरिएको थियो भने विभिन्न राज्यहरुमा ट्रष्टको संयोजक र एम्बेसडरहरु चयन गरिएको छ । नेपालीहरुको उल्लेख्य बस्ती रहेको न्यूयोर्क, क्यालिफोर्निया, मेरिल्याण्ड, ओहायो लगायतका राज्यहरुमा पनि ट्रष्टको स्थानीय शाखाहरु विस्तार गर्न लागिएको र संयोजक एवं एम्बेसडरहरु चयन कार्य अघि बढाइएको बताइएको छ ।
हिमानी ट्रष्ट युएसए क्यालिफोर्नियाका सल्लाहकार अनिल पाण्डेका अनुसार अमेरिकी सरकारको प्रचलित कानुन अनुसार विभिन्न राज्यहरुमा ट्रष्टको स्थापना हुने र नेपाल र ती संस्थाहरु नेपाल र नेपालीका लागि क्रियााशील हुनेछन । अमेरिकामा नेपाली कांग्रेसको जनसंम्पर्क समिति र र नेकपा एमालेको प्रवासी मंच क्रियाशील रहेको अवस्थामा पूर्व युवराज्ञी संरक्षक रहेको हिमानी ट्रष्टको गठनलाई महत्वपूर्ण रुपमा हेरिएको छ । 
करिव दुई साताको अमेरिका वसाईको क्रममा शाहले डिसी आसपासका राज्य र न्यूयोर्कको भ्रमण गर्ने बताइएको छ । सोही क्रममा शाहले छोरा हृदयन्द्र शाहको उच्च अध्ययनको लागि डिसी वरपरका युनिभर्सिटीको भ्रमण गर्ने र उनको अध्ययनको ब्यवस्था मिलाउने पनि बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।