logo

जनवरी १ देखि भारतिय अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी, प्रत्यक्ष असर नेपाली बजारमा समेत पर्ने

    3543   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - भारतमा सन् २०१९ को पहिलो दिन देखि नै सवारी साधानको मूल्य वृद्धि हुने भएको छ । त्यसको प्रत्यक्ष असर नेपालमा समेत पर्ने देखिएको छ । भारत सरकारले लागू गरेको नयाँ नियमका कारण सवारी साधनको मूल्य वृद्धि हुन लागेको हो ।

विशेष गरी विलासी सवारी साधनको रुपमा मानिएको कारको मूल्य वृद्धि हुन लागेको छ । १ जनवरीदेखि अटो कम्पनीहरुले कारको मूल्य बढाउने तयारी गरेका छन् । सो बारेमा यस अघि नै जानकारी गराइएको थियो । त्यसमा टाटा मोटर्स, मारुती, निशान, फोर्ड, टोयटा र बिएमडब्ल्यू जस्ता कम्पनीले आफूले उत्पादन गर्ने सवारी साधानको मूल्य बढाउने तयारी गरेका छन् ।

टाटा मोटर्सले त सबै यात्रु वहान सवारी साधानको मूल्य ४० हजार भारतीय रुपैयाँले वृद्धि गर्ने घोषणा यसअघि नै गरेको छ । नेपालमा आयात हुने सवारी साधानको मूल्यमा समेत त्यसले प्रभाव पार्नेछ । भारतमा नै सवारी साधानको मूल्य बढेपछि नेपालमा त्यसको असर पर्नु स्वभाविक जस्तै हो । यस्तै भारतमा सवारी साधन दुर्घटनाको बीमा रकममा समेत वृद्धि हुनेछ । नयाँ व्यवस्थाअनुसार अब १५ लाख भारतीय मुद्रा हुनेछ । सवारी साधन धनी तथा ड्राइभरको निधन भएमा उनका परिवारले उक्त बीमा रकम प्राप्त गर्नेछन् । नयाँ नियमअनुसार अब सवारी साधानको बीमाका लागि ७५० भारतीय रुपैयाँको प्रिमियम तिर्नुपर्नेछ ।

सबै सवारी साधनमा एउटै बीमा तय गरिएको छ । कम्पनीले चाहेको खण्डमा बढी प्रिमियम तिरेर १५ लाख भन्दा बढीको कभर समेत  सक्नेछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।