logo

इभीको ऋण मूल्य अनुपातको सीमा घटाइएकामा नाडाको आपत्ति, ८० प्रतिशत नै कायम गर्न माग

    1120   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारीसाधन (इभी)को ऋण मूल्य अनुपातको सीमा ६० प्रतिशतमा झारिएकामा आपत्ति जनाएको छ ।
नाडाले बिहिबार प्रेस विज्ञप्ति जारीगरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत इभीको ऋण मूल्य अनुपातको सीमा तल झार्नुलाई ग्रिन इनर्जीलाई प्राथमिकता दिने सरकारको नीतिविपरीतको कदम भनेको छ ।
‘सरकारले नीतिगत रुपमै ग्रिन इनर्जीलाई उच्च प्राथमिकता दिने निर्णय गरी सोही अनुरुप विद्युतीय सवारी साधनहरुलाई विशेष सुविधा समेत प्रदान गर्दे आएकोमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले सरकारको नीतिलाई नै उपेक्षा गरेको देखिन्छ,’ नाडाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘विद्युतीय सवारीसाधनको व्यवसायमा लागेका व्यवसायीहरुलाई ठूलो मर्कापर्ने अवस्था सिर्जना भएको छ ।’
नाडाले राष्ट्र बैंकको नीतिबाट विद्युतीय सवारी साधन प्रयोगमा कमी आउने भन्दै ऋण मूल्य अनुपातको सीमा ८० प्रतिशत नै कायम गर्न आग्रह गरेको छ । इन्धन गाडीको ऋण मूल्य अनुपातको सीमा ५० बाट ६० पु¥याइएकामा नाडाले यसलाई सकारात्मक कदम भनेको छ ।
राष्ट्र बैंकले गत १३ फागुनमा चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका क्रममा ऋण मूल्य अनुपात इभीको ८० बाट ६० प्रतिशतमा झारेकामा इनधन गाडीको ५० बाट ६० प्रतिशत पु¥याएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।