logo

चाडपर्वको मौका छोपेर बढी भाडा लिनेहरु प्रहरीको फन्दामा

    646   पटक पढिएको


२० असोज/अर्थ र व्यापार – चाडपर्वको मौका छोपेर बढी भाडा लिनेहरु प्रहरीको फन्दामा परेका छन् । दसैं तिहार लगायतका चाडपर्वमा काठमाडौ उपत्यका छोड्नेहरुको भीडको मौका छोपेर यात्रुबाट बढी भाडा असुल्ने यातायातका साधनहरूलाई पृथ्वी राजमार्ग क्षेत्रमा कारबाही गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङ र जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले पृथ्वी राजमार्गमा छड्के जाँच गरि बढी भाडा असुल्ने दर्जनौँ सवारी साधनहरुलाई कारबाही गर्ने क्रममा बढी भाडा लिनेहरु प्रहरीको फन्दामा परेका हुन् ।
शुक्रवार साँझ मात्र ३७ वटा सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय धादिङले जानकारी गराएको छ । काठमाडौँबाट धादिङ आवत जावत गर्ने विभिन्न नम्बरका बसहरुलाई बढी भाडा लिएको र विद्युतीय गाडी सरसफाइ नभएको एवं साविकको भन्दा केही बढी भाडा लिएको पाइएपछि प्रतिबस ५ हजार जरिवाना गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, विद्युतीय माइक्रो बसलाई गाडी सरसफाइ नभएको र बढी भाडा लिएको, गाडीमा डसबिन नभएको पाइएपछि ५ हजार जरिवाना गरेको छ । त्यसैगरी, केही बसलाई भाडा दर गाडीमा नटासेको,सिट क्षमता भन्दा बढी यात्रु राखेको पाइएपछि ५ हजार जरिवाना गरेको प्रहरीले जनाएको छ ।
सिट क्षमता भन्दा बढी यात्रु बोकेको अवस्थामा पृथ्वी प्रालिको माइक्रो बसलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । चाडपर्वको समयमा सवारीसाधनहरूले काउन्टरबाट तोकिएको भाडामा टिकट काटिए पनि बिचबाटोमा पुगेर यात्रुसँग भाडा थप लिने गरेको जनगुनासोलाई सम्बोधन गर्न छड्के चेकजाँच गरिएको र यो चेकजाँचलाई निरन्तर रूपमा सञ्चालन गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जानकारी दिएको छ ।
दसैंका यात्रुहरूलाई जोखिम हुनेगरि मानिस बोक्ने, नियम उल्लंगन गर्ने र कानुनले गर्न हुँदैन भनेको विषय सवारी सञ्चालन गर्ने बुलेरो लगायतका ३२ सवारी साधनलाई जिल्ला ट्राफिक प्रहरीका विभिन्न पोस्टहरूले कारबाही गरेको छ ।
छतमा राखेर यात्रु ओसारपसार गर्ने, यात्रु बोक्ने अनुमति समेत नभएका सवारी साधनले क्षमता भन्दा बढी यात्रु राखेर जोखिमपूर्ण ढंगले सवारी चलाएको भन्दै ट्राफिक प्रहरीले दुई दिनमा ३२ वटा सवारीलाई जरिवानासहित कारबाही गरेको हो ।
ग्रामीण क्षेत्रमा यात्रु ओसार्ने बोलेरो जिप धेरै छन् । जिल्लाको ज्वालामुखी, त्रिपुरा सुन्दरी, नेत्रावती लगायतका गाउँपालिकाको विभिन्न बस्तीहरूबाट छतमा समेत यात्रु ओसार पसार गर्ने पाँच वटा बोलेरो जिपलाई कारबाही स्वरुप जरिवानामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ ।
चाडपर्वको बेलामा हुन सक्ने सम्भावित दुर्घटना हुन नदिन र यात्रु ठगिनबाट जोगाउन ट्राफिक प्रहरीले सवारी साधनहरूको चेकजाँचलाई कडाइ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।