logo

विद्युतीय गाडी संचालनको लागि बागमतीमा चार्जिङ स्टेसनको कार्यविधि तयार, निजी क्षेत्रसँग मिलेर निर्माण गरिने

    1067   पटक पढिएको


१५ फागुन/अर्थ र व्यापार – बागमती प्रदेश सरकारले विद्युतीय गाडी संचालनको लागि आवश्यक पर्ने चार्जिङ स्टेसन निर्माणको कार्यविधि तयार पारेको छ। प्रदेश सरकारले बनाएको कार्यविधि अनुसार निजी क्षेत्रसँग मिलेर चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले बताए।
निरौलाका अनुसार कार्यविधि तयार भएर प्रदेशको अर्थमन्त्रालयमा स्वीकृतिको लागि पठाइएको छ। कार्यविधि अनुसार निजी क्षेत्रले चार्जिङ स्टेसनको लागि आवश्यक रिफ्रेसमेन्ट सेन्टरसहितको संरचना निर्माण गर्ने र चार्जिङ स्टेसनको लागि आवश्यक पर्ने ट्रान्सफरमर र मेसिनको व्यवस्था गर्नेछ। यसमा वेटिङ रुमदेखि लिएर सानो रिफ्रेसमेन्ट हाउस, रेष्टुरेन्ट, बाथरुम लगायत समावेश हुनुपर्नेछ।
स्टेसन निर्माणका लागि नेपाल विद्युत प्राधिकरणले २०० केभीए क्षमताको ट्रान्सफर्मर उपलब्ध गराउनेछ। त्यसका लागि बागमती प्रदेशले प्राधिकरणसँग ट्रान्सफर्मर उपलब्ध गराउन पहल गर्ने निरौलाले बताए।
‘यसमा निजी क्षेत्र आफैले जग्गा उपलब्ध गराउन पर्नेछ। नीजि आफ्नैले पनि गर्ने सक्नेछ भने स्थानीय तहसँग लिजमा लिएर पनि संरचना निर्माण गर्न सक्नेछन्,’ उनले भने, ‘हाम्रो उद्देश्य भनेको प्रेदश अन्तर्गतको सहरहरुमा इभीलाई प्रमोट गर्नेु हो।’
यसैगरी, सो संरचनामा व्यवसायिक हिसाबले ‘लोकल प्रडक्ट’हरु पनि बिक्री गर्न सकिने गरि व्यवस्था हुनुपर्नेछ। ग्रामीण क्षेत्रको उत्पादनलाई बजारिकरण गर्ने र रोजगारीसँग पनि जोडियोस् भनेर यो व्यवस्था गरिएको निरौला बताउँछन्।
उनका अनुसार १० वर्षसम्म प्रदेश सरकार र निजी क्षेत्र मिलेर स्टेसन सञ्चालन गर्ने र १० वर्षपछि निजीको स्वतः हुने गरि कार्यविधि तयार पारिएको छ। यसबिचमा प्रदेशले निरन्तर अनुगमन र त्यसको संरक्षण गर्ने काम गर्ने निरौला बताउँछन्।
बागमती प्रदेशको मुख्य सहर र राजमार्गको जंक्सनमा १५ वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना रहेको छ। यसका लागि प्रदेश सरकारसँग ४ करोड रुपैयाँ बजेट रहेको निरौलाले बताए। अर्थबाट स्वीकृति भएर आएपछि प्रस्ताव आह्वान गर्ने योजना रहेको उनको भनाइ छ।
उनले प्रस्ताव आएपछि सम्भाव्यता अध्ययन गरेर रिफ्रेसमेन्ट स्टेसनसहितको १५ वटा चार्जिङ स्टेसन निर्माण हुन्छ। चार्जिङ स्टेसनको शुल्कको विषयमा भने बजार मूल्य र विद्युत प्राधिकरणले तोकेको महसुलमा आधारित तय हुने जानकारी गराए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।