logo

बिवाइडीको शोरुम काठमाडौंको नक्सालमा, विद्युतीय गाडीलाई प्राथमिक्ता दिनुपर्ने

    891   पटक पढिएको


३१ असोज/अर्थ र व्यापार – नेपालमा शनिबार मात्र सार्वजनिक भएको चीनको विद्युतीय गाडी निर्माता ‘बिल्ड योर ड्रिम्स’ ‘बीवाइडी’ को ‘एटो ३’ गाडीको शोरुम काठमाडौंको नक्साल ९नारायणचौर०मा सञ्चालनमा आएको छ ।

नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले ‘एटो–३’ को शोरुम सोमबारबाट नक्सालनमा सञ्चालनमा ल्याएको हो । दुई महिना अगाडिनै नेपालमा सार्वजनिक गर्ने भनिएको एटो ३ लाई शनिबार नेपालका वरिष्ठ हास्य कलाकार तथा एटो ३ का ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले सार्वजनिक गरेका थिए ।
नक्सालमा सञ्चालनमा ल्याइएको बिवाइडी शोरुमको उद्घाटन पनि हरिवंश आचार्यले गरेका थिए । शोरूमको उद्घाटन समारोहमा साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले विश्व बजारमा लोकप्रियता कमाएको एटो ३ ले नेपाली बजारमा पनि लोकप्रियता पाउने विश्वास व्यक्त गरिन् । उनले सानैदेखि आफूलाई नेपालमा विद्युतीय गाडी सञ्चालनमा ल्याउन मन लागेको बताउँदै एटो ३ नेपालमा भित्र्याउन पाउँदा खुसी लागेको बताइन् ।
‘मलाई सानैदेखि नेपालमा विद्युतीय गाडी सञ्चालनमा ल्याउनुपर्छ भन्ने लागेको थियो । मेले एटो ३ नेपालमा ल्याउन पाउँदा खुसी लागेको छ,’ श्रेष्ठले भनिन् ‘नेपालमा सार्वजनिक यातायातलाई समेत विद्युतीय बनाउन सके नेपाललाई धेरै फाइदा हुन्छ ।’ सार्वजनिक यातायातलाई विद्युतीय बनाउन सके नेपाललाई फाइदा पुग्ने उनको भनाई छ ।
कलाकार हरिवंश आचार्यले एटो ३ गाडीको ब्रान्ड एम्बास्डर बन्ने अवसर पाउँदा आफूलाई गर्व महसुस भएको प्रतिक्रिया दिए । उनले विद्युतीय गाडीलाई नेपालमा बढाउन आवश्य रहेको पनि चर्चा गरे । विद्युतीय गाडीको अधिकतम प्रयोगले नेपालको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने उनको भनाई छ ।
नेपालमा बीवाइडीको व्यापार क्रमिक रुपमा विस्तार हुँदै जानेमा पनि उनले विश्वास व्यक्त गरे । विद्युतीय सवारीसाधनको प्रयोग गरेर इन्धनको खपतलाई घटाउनेकाममा योगदान गर्न पनि श्रेष्ठले आग्रह गरे ।
विश्व बजारमा लोकप्रिय मानिएको एटो ३ को मूल्य नेपालमा ८९ लाख ९० हजार तोकिएको छ । एटो ३ मा ५० किलोवाट र ६०।५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ । यसलाई एकपटक फुलचार्ज गर्दा ४ सय ५० किलोमिटर कुद्न सक्ने क्षमता रहेको छ । एटो ३ मा १२।८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुनमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।