logo

नाडाका व्यवसायीलाई चुनाव लाग्यो, २२ र २३ मंसिरमा हुने निर्वाचनमा चौधरी र थापा समुह भिड्दै 

    1371   पटक पढिएको

१९ मंसिर / अर्थ र व्यापार – आगामी नयाँ नेतृत्व चयन गर्ने साधारण सभा तथा निर्वाचनको मिति नजिकिएसँगै अहिले नेपालका अटोमोवाइल व्यवसायीलाई चुनावी चटारो बढेको छ । आगामी २२ र २३ मंसिरमा हुने निर्वाचनको दिन आउन अब तीन दिन मात्र बाँकी रहेकाले अहिले नाडा अध्यक्षका प्रत्यासी उम्मेदवारहरु करण चौधरी र धुर्ब थापाले भिन्दाभिन्दै समुह घोषणा गरेर चुवानी माहोल तताएका छन । चुनावी माहोल तताएर आ –आफ्नो पक्षमा मत ल्याउने प्रयासमा अहिले दुबै समुह जुटिरहेको छ ।
अटो व्यवसायीहरुको छाता संस्था नाडा एशोसियसन अफ नेपालको साधारणसभा तथा निर्वाचन यही २२ र २३ मंसिरमा हुँदै छ । नाडाको आगामी नेतृत्व आफ्नो पक्षमा पार्नका लागि अहिले प्रतिष्ठित व्यवसायिक घराना चौधरी समूहका सदस्य तथा सिजी मोटोकर्पका  कार्यकारी निर्देशक करण चौधरी र अर्का व्यवसायी धुर्व थापा बीच प्रतिस्पर्धा हुने छ । अध्यक्षका उम्मेदवार चौधरी नाडाको वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन् भने थापा पूर्व उपाध्यक्ष हुन् । 
यस निर्वाचनकालागि चौधरी समूह र थापा समूहले आ–आफ्ना पक्षमा मत ल्याउन मतदाता व्यवसायी फकाउन अनेक प्रयास गरिरहेका छन । 
यस निर्वाचनमा नाडा अध्यक्षका प्रत्यासी उम्मेदवार करण चौधरी युवा व्यवसायी हुन् । उनी कार्यकारी निर्देशक रहेको सिजी होल्डिङस , मोटोकर्पले नेपालमा सुजुकीका गाडिहरु बिक्री गर्दै आएको छ । नेपालमै गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा गल्फ लुब्रिकेन्ट उत्पादन गर्ने नेपाल ल्युब आयलको पनि उनी निर्देशक छन् । यसअघिको निर्वाचनपछि उपाध्यक्ष मनोनयन गरिएसँगै चौधरीलाई भावी अध्यक्षको रुपमा हेरिँदै आएको थियो । चौधरीले चार विषयमा स्नाकोत्तर गरेका छन् ।  
चौधरीको राम्रो गुण उनी राम्रो बोली व्यवहारका कारण सजिलै मान्छेलाई आफ्नो पक्षमा ल्याउन र उसको विश्वास जित्न सिपालु छन् । चौधरी समूहको सदस्य भएकाले उनमा फरक खालको संस्कार देखिन्छ ।  नाडा अध्यक्षका अर्का प्रत्यासी ध्रुव थापाले भने फोर्स मोटरको पोखराको डिलर लिएर गाडिहरु बिक्री गर्दै आएका छन् । उनी अध्यक्ष रहेको हिमालय अर्गनाइजेसन फोर्स मोटरको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिको पोखराको डिलर हो । पोखरामा सीमित भएर गाडि बिक्री गर्ने भएकाले उनले नाडाको केन्द्रीय नेतृत्वमा यसअघि प्रतिस्पर्धा गर्न पछि हटेका थिए । अहिले नाडाको आगामी नेतृत्व हत्याउन थापा मज्जाले लागेका छन । 
यसअघिको निर्वाचनमा वर्नमान अध्यक्ष तथा अध्यक्षका त्यतिबेलाका अर्का प्रत्यासी कृष्णप्रसाद दुलालले ‘आगामी निर्वाचनमा सहयोग गरौंला’ भनेर आश्वासन दिएपछि थापा पछि हटेका थिए । उनको सो निर्णयलाई कतिपयले आत्मबल कमजोर भएको व्यक्तिको रुपमा हेर्छन् भने कतिपयले सहमतिमा आउनसक्ने लचिलो व्यक्तिको रुपमा हेर्छन् । अर्कोतर्फ थापाको अटोमोवाइलमा भन्दा होटल, घरजग्गामा ठूलो लगानी छ । यद्यपि उनले त्यो क्षेत्रबाट आफ्नो नेतृत्व विकास गर्ने भन्दा पनि नाडालाई नै रोजेका छन् । पोखराको नेपाली काँग्रेसको राजनीतिमा समेत सक्रिय रहेका थापाले सानो लगानीबाट अहिले होटल र घरजग्गामा अबौंको लगानी जुटाउन सफल भएका छन् । यसैगरि, अध्यक्षका प्रत्यासी थापा लायन्स क्लबमा पनि सक्रिय छन् । लायन्स क्लबमा नाडाका धेरै सदस्य आवद्ध रहेकाले उनले क्लबकै सदस्यहरुले मात्रै सहयोग गरे पनि आफुले सजिलै यो निर्वाचन जित्ने दावी गर्दै आएका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।