logo

भिएलएनका अध्यक्ष रामप्रसाद श्रेष्ठ १२ लाख धरौटीमा रिहा

    1987   पटक पढिएको

५ असार / अर्थ र व्यापार- मलेसिया जाने कामदार माथि सिन्डिकेट चलाएको आरोपमा पक्राउ परेका भिएलएनका अध्यक्ष राम प्रसाद श्रेष्ठ जिल्ला अदालत ललितपुरबाट १२ लाख धरौटीमा रिहा भएका छन् । स्वीकृति नलिई नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारसँग रकम उठाएको दाबी गरिए पनि अहिले नै कसुरदार ठहर गर्न नमिल्ने तर्क गर्दै जिल्ला न्यायाधीश धनसिंह महराको एकल इजलासले उनलाई धरौटीमा छोड्ने आदेश गरेको हो ।

यसअघि काठमाडौ जिल्ला अदातलले पनि उनलाई १० लाख धरौटी मागेको थियो । जिल्ला अदालत काठमाडौंबाट रिहालगत्तै उनलाई ललितपुर जिल्ला अदालतले अनुसन्धानका लागि भन्दै पक्राउ गरिएको थियो । लतिलपुरमा उनीमाथि २ करोड ७५ लाख २२ हजार बिगो दाबी गर्दै आइतबार मुद्दा दायर गरिएको थियो । अदालतले मागेको धरौटी श्रेष्ठले नगदमै बुझाएको जिल्ला अदालतले जनाएको छ ।

यसअघि काठमाडौं जिल्ला अदालतले श्रेष्ठलाई सामान्य धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । जिल्ला न्यायाधीश अमृतबहादुर बस्नेतको एकल इजलासले श्रेष्ठसँग जेठ ३० गते १० लाख रुपैयाँ धरौटी मागेको थियो । जिल्ला अदालतले तोकेको रकम नगद बुझाएर रिहा हुन लाग्दा थप उजुरी परेको भन्दै लतिलपुर प्रहरीले पक्राउ गरेको थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।