logo

विभागले ओरिएन्टेशन सेन्टरहरूसँग स्पष्टीकरण माग्यो

    1005   पटक पढिएको


१४ साउन/अर्थ र व्यापार – वैदेशिक रोजगार विभागले १८ वटा अभिमुखीकरण तालिम प्रदायक संस्था (ओरिएन्टेशन सेन्टर) लाई स्पष्टीकरण सोधेको छ ।
वैदेशिक रोजगारीमा जान नेपाली कामदारलाई ओरिन्टेशन प्रदान गर्दै आएका संस्थाहरूलाई विभागले अनुगमनको क्रममा स्पष्टीकरण माग गरेको हो ।
अनुगमनको क्रममा विभिन्न खालका समस्या देखिएपछि उनीहरूसँग स्पष्टीकरण सोधिएको विभागका सूचना अधिकारी टिकाराम ढकालले जानकारी दिए । त्यसरी स्पष्टीकरण सोधिएका विभिन्न संस्थाहरूमा केहीको भौतिक पूर्वाधार नभएको, कसैको जनशक्ति नभएको,कसैको लोकेसन नभेटिएको उनको भनाई छ।

उनीहरुलाई एक साताको स्पष्टिकरण सोधिएको र स्पष्टीकरण पेस गरे भने कार्यविधि बमोजिम सचेत गराउने कि जरिवाना गराउनेबारे निणर्य हुने विभागले जनाएको छ ।
विभागले यो महिना सयवटा संस्थाको अनुगमन गर्ने तयारी गरेको छ । हाल १ सय ४३ वटा संस्थाहरूले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई पूर्वप्रस्थान तालिम प्रदान गर्नका लागि इजाजत लिएका छन् । तीमध्ये हाल १ सय २५ वटा संस्था सक्रिय छन् भने १८ वटा संस्थाको अनलाईन आइटी बन्द गरिएको छ ।
विभागले काठमाडौं बाहिरका संस्थाहरूको हकमा अनलाइनमार्फत अनुगमन गरेको थियो भने काठमाडौंका विभिन्न कार्यालयमै गएर अनुगमन गरेको थियो । विभागले गत वर्षदेखि ति संस्थाहरूलाई आईरिस सिस्टम जडान गराएको थियो । उनीहरूको अनलाइनमार्फत समेत अनुगमन सक्ने व्यवस्था मिलाइएको थियो । सोही अनुसार विभागले कतिपय संस्थाहरूको अनलाइनमार्फत समेत अनुगमन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।