२६ साउन/अर्थ र व्यापार – रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत दक्षिण कोरियामा प्रशिक्षार्थी नेपाली कामदार पठाउनकालागि लिइने कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुलेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको ईपीएस कोरिया शाखा कार्यालयले सन् २०२५ को प्रथम चरणको कोरियन भाषा परीक्षा (ईपीएस) का लागि आवेदन खुला भएको जनाएको छ ।
ललितपुरस्थित ईपीएस कोरिया शाखा कार्यालयका अनुसार ईपीएस अन्तर्गत दक्षिण कोरियामा नेपाली कामदार पठाउने उद्देश्यले योग्य उम्मेदवार छनोट गर्न आवेदन प्रक्रिया सुरु गरिएको हो ।
सो शाखाका अनुसार उत्पादनमूलक तथा कृषि र पशुपालन क्षेत्रका लागि आवेदन दिन सकिनेछ । उत्पादन क्षेत्रमा ३ हजार ५ सय जना र कृषि तथा पशुपालन क्षेत्रमा १ हजार ८ सय गरी कुल ५ हजार ३ सय जना यस परीक्षामा उत्तीर्ण भई दक्षिण कोरिया जान पाउने छन् ।
जसकालागि एक व्यक्तिले एउटा क्षेत्रमा मात्र दरखास्त दिन पाउने व्यवस्था गरिएको सो शाखाले जनाएको छ । काठमाडौं केन्द्रबाट सञ्चालन हुने कोरियन भाषा परीक्षाकालागि आगामी ३१ साउनसम्म आवेदन फारम बुझाउन सकिने इपीएस कोरिया शाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया