logo

नेपाल टेलिकममा जागिरको अवसर, चैत २४ गतेसम्म अनलाइन आवेदन दिन सकिने

    1808   पटक पढिएको


 
२५ फागुन / अर्थ र व्यापार - काठमाडौं। नेपाल टेलिकमले उप प्रवन्धकदेखि सहायक स्तरका ५१ जनाको लागि विज्ञापन खुला गरेको छ । टेलिकमले आदिवासी जनजातीतर्फ एकजना उपप्रवन्धक माग गरेको छ भने  इन्जिनियरिङ तर्फ १५ जनाको लागि विज्ञापन खुला गरेको जनाएको छ ।
त्यस्तै टेलिकम इन्जिनियरिङको इलेक्ट्रिकल तर्फ ३ जना,  इन्जिनियरिङकै कम्प्युटर तर्फ ६ जना, सहायक लेखा अधिकृत तर्फ २ जना, सहायक प्रशासकिय अधिकृत २ जना र सहायकतर्फ २२ जनाको लागि विज्ञापन खुला गरेको हो । दरखास्त दिने अन्तिम म्याद चैत २४ गतेसम्म रहेको र अनलाइनबाट दरखास्त दिन सकिने टेलिकमले जनाएको छ । उपप्रवन्धककालागि स्नातकोत्तर गरी सम्वन्धित क्षेत्रमा ७ वर्षको अनुभव हुनु पर्ने तथा प्राविधक तर्फत कम्प्युटर वा आइटीमा स्नातक गरेको हुनुपर्ने योग्यता तोकिएको छ ।

सहायक लेखा अधिकृत तर्फकालागि व्यवस्थापनमा स्नातक गर्नुपर्ने तथा प्रशासकिय अधिकृत तर्फ स्नातक गरेको साथै सहायकको लागि एसएलसी पास गरेको हुनु पर्ने योग्यता तोकिएको टेलिकमले जनाएको छ । साथै बढुवा तर्फ २५ जना माग गरेको छ भने आन्तरिक बढुवा तर्फ ८ जनाको लागि दरखास्त आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।