logo

नेपाल विद्युत प्राधिकरणमा एकै पटक ४४९ जना कमर्चारीको माग

    5622   पटक पढिएको


१ मंसिर / अर्थ र व्यापार - काठमाडौं। नेपाल विद्युत प्राधिकारणले  एकै पटक चारसय ४९ जना कमर्चारी माग गरेको छ । प्राधिकारणले रिक्त रहेको अधिकृत स्तरदेखि सहायक स्तरका पदहरुमा विभिन्न क्षेत्रका कार्यालयहरुमा कर्मचारी माग गरेको हो । प्राधिकरणले विराटनगर, जनकपुर, हेटौडा, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र अत्तरिया क्षेत्रकालागि कर्मचारी माग गरेको छ ।

प्राधिकरणले अधिकृत स्तरमा सातौं तहदेखि १० औं तहसम्मकालागि ८० जना कर्मचारी माग गरेको छ । प्राधिकरणले ८,९ र १० तहको लागि स्नातकोत्तर सहित कार्य अनुभव भएको कर्मचारी माग गरेको छ भने सातौं तहकालागि समूह अनुसारको शैक्षिक योग्यता तोकेको छ । यस्तै सहायक स्तरमा तेस्रो तहदेखि पाँचौ तहसम्मका कर्मचारी माग गरेको छ । जसमा पाँचौ तहको लागि मिटर रिडिङ सुपरभाईजरमा  २० जना, लेखापालमा ११ जना, प्रविधिक सुपरभाइजरमा ३० जना, मेकानिकल सुपरभाइजरमा ४ जना र सिभिल तर्फका प्रविधिकमा छ जना माग गरेको छ ।

प्राधिकरणले चौथो तहको लागि सिनियर मिटर रिडर ५२ जना, लेखापाल सहायक ४५ जना, ईलेक्ट्रकल प्राविधिक तर्फका फोरमेन ८८ जना र सिभिल तर्फको प्राविधिक फोरमेन एक जना माग गरेको छ । चौथो तहको लागि प्राविधिक तथा प्रशासनमा सम्वन्धित विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनु पर्ने छ । त्यस्तै प्रधिकरणले तेस्रो तहका मिटर रिडर ३२ जना, ईलेक्ट्रिसियन ७९ जना र जुनियर मिस्त्री एक जना माग गरेको छ । तेस्रो तहकालागि प्रशासन गर्फ एसएलसी अथवा प्राविधिक विषयमा १० कक्षा पास गरको हुनु पर्छ ।
टपरीक्षाको आवेद दिने अन्तिम मिति पुष २ गतेसुम्म रहेको छ भने दोव्वर दस्तुर तिरेर पुष ९ गतेसम्म पनि आवेदन दिन सकिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।