logo

आर्थिक चलखेलका निम्ति व्यापारिक संस्था खडा गरिएको भन्दै कतार भिसा सेन्टरको बिरुद्धमा वैदेशिक रोजगार व्यवसायी

    1969   पटक पढिएको

२३ असार/अर्थ र व्यापार– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आर्थिक चलखेल गर्नका लागि व्यापारिक संस्था ‘कतार भिसा सेन्टर’ (क्युभिसी) खडा गरेको भन्दै बिरोध गरेका छन् ।

संघले कतार भिसा सेन्टर (क्युभिसी) खडा गरी एकाधिकारका लागि व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

यसअघि नेपाल सरकारबाट मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कतारमा कामदार जाने गरिएकोमा हाल मिलेमतोमा आर्थिक चलखेल गर्ने उद्धेश्यले कतार भिसा सेन्टर (क्युभिसी)खडा गरेको बताएका छन् ।

संघले सीमित व्यक्तिको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएको भन्दै यसका विरुद्ध युवा कामदार र व्यवसायीसहित चरणवद्ध रुपमा आन्दोलनमा उत्रने जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले कतार भिसा सेन्टर (क्युभिसी) को आवश्यकता र क्रियाकलापको बारेमा यथाशिघ्र छानबिन गर्न सरकारसंग माग गरेका छन् ।

तामाङले दुरदराजबाट विदेश जान सपना देखेर आएका युवाहरु २० दिनसम्म क्वियु भिसीको लागि डेट कुरेर बस्दा उल्टै ऋणमा डुबेको बताए ।

संघका द्वितीय उपाध्यक्ष कमलदेव मल्लले क्युभिसीले नेपाली कामदारमाथि ज्यादती गरेको भन्दै एकपक्षीय रुपमा व्यवसायी र कामदारको हितविपरित आर्थिक भार थप्ने तथा अघोषित सिन्डिकेट कायम गर्ने नियत प्रष्ट देखिएको बताए । 


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।