logo

स्थानीय तहबाटै १ लाखलाई रोजगारीः श्रम मन्त्री बिष्ट

    1523   पटक पढिएको

२५ आषाढ/अर्थ र व्यापार– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले ७५३ वटै स्थानीय तहबाट १ लाख रोजगारी सिर्जना गर्ने गरी कार्यक्रम तयार गरिरहेको बताएका छन् । 

मन्त्री बिष्टले प्रत्येक स्थानीय तहमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन गराउने बताएका हुन् । 

राष्ट्रिय सभाको बैठकमा विनियोजन विधयेकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले नेपालको श्रमशक्तिलाई आन्तरिक बजारमा रोजगारीका अवसर सिर्जना गराउन लागिरहेको बताए ।

अबको केही दिनमा नै सम्पूर्ण स्थानीय तहमा कुन उपायले के काम सिर्जना गर्न सकिन्छ व्यवस्थित कार्यविधि सहित विवरण सार्वजनिक गर्ने पनि उनले जानकारी दिएका छन् । खानेपानी, कृषि, भौतिक पूर्वाधार, ऊर्जा तथा वन मन्त्रालयसँग समन्वय गरी रोजगारी सिर्जनाका लागि काम अघि बढाउन लागिरहेको उनले बताए ।

मन्त्री विष्टले अहिले ४३ लाख युवाहरु वैदेशिक रोजगारीमा रहेको र अबको ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानुनपर्ने गरी कार्यक्रम तयार गरिरहेको उल्लेख गरेका छन् ।

वैदेशिक रोजगारीमा देखा परेका विकृती अन्त्य गर्नका लागि नीतिगत र कानुनी सुधारका काम भइरहेको पनि उनले जानकारी दिए। राम्रो मापदण्ड बनाएर वैदेशिक रोजगार व्यवसायलाई व्यवस्थित बनाउने तयारी आफूले गरिरहेको पनि उनले बताए ।

वैदेशिक रोजगारीमा देखिएका असुरक्षाका वातावरण अन्त्य गर्नका लागि काम भइरहेको उनले जानकारी दिए । रेमिट्यान्सलाई बैंकिङ प्रणालीबाट ल्याउने र उत्पादनशील क्षेत्रमा लगाउन अध्ययन भइरहेको उनले संसदलाई जानकारी गराएका छन् ।

वैदेशिक रोजगारीमा हुने ठगी कम गर्न मागपत्रलाई विदेशमा रहेका नियोगबाट प्रमाणीकरण गर्ने काम थालिएको उनले बताए। वैदेशिक रोजगारीमा जान चाहने युवालाई सीपसहित पठाउने र गुणस्तरीय ज्याला दिलाउनका लागि प्रयत्न भइरहेको पनि उनले बताए।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।