logo

मलेसियन दूतावासले भन्यो– ओएससी, भिएलएन बन्द नगर्नु

    2448   पटक पढिएको

८ जेष्ठ / अर्थ र व्यापार- नेपालस्थित मलेसियाली राजदूतावासले विज्ञप्ती जारी गर्दै भिषा प्रोसेसिङ गर्ने वान स्टप सेन्टर (ओएससी) र भिएलएनको कार्य नरोक्न सूचना जारी गरेको छ । दूतावासले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै भिसा प्रोसेसिङ गर्ने ओएससी र भिएलएनको काम सुचारु राख्न भनेको हो ।

मलेसिया जाने पर्यटकको सोसियल भिसा वान स्टप सेन्टर र भिएलएनबाटै प्रदान गरिने भएकाले कुनै पनि हालतमा नरोक्न दूतावासले भनेको छ । मलेसियन दूतावासले विदेशी नागरिक ल्याउनका लागि भिएलएन, ओएससी र विदेशी कामदार ल्याउनका लागि आइएससी र बायोमेट्रिक मेडिकल नेपाल लगायत अन्य देशमा मलेसियन सरकारकै निर्णय अनुसार लागू गरिएको पनि जानकारी दिएको छ । मलेसिया सरकारले भिषा प्रोसेसिङ सफ्टवेयर मार्फत भिषा जारी गर्ने निर्णय गर्दै मलेसियाकै अल्ट्रा÷किराना एसडिएन विएचडी कम्पनी अन्तर्गत भिएलएन नेपाललाई भिषा प्रोसेसिङको जिम्मेवारी दिएको थियो । सोही अनुसार भिएलएन नेपालले २०१३ नोबेम्बर १ देखि मलेसिया जाने नेपालीको भिषा प्रोसेसिङ गर्दै आएको छ । भिएलएनले मलेसिया जाने नेपालीको पासपोर्ट दुतावास पु¥याउने र संकलन गर्नका लागि वान स्टप सेन्टर (ओएससी) मार्फत प्रति पासपोर्ट ६ हजार ७ सय भ्याट वाहेक शुल्क लिने गरेको छ । 

मलेसियन दूतावासले मलेसियामा रोजगारीमा जानेहरुका लागि पहिलो कदमको रुपमा रहेको इमिग्रेसन सेक्युरिटी क्लियरेन्स (आइएससी) लाई एक साताका लागि बन्द राख्न भनिएपनि वान स्टप सेन्टरलाई आफ्नो काम जारी राख्न भनेको छ । गएको बुधबार श्रम मन्त्रालयले नेपालबाट कुनै स्वीकृति नलिई सञ्चालनमा रहेका बायोमेट्रिक, माइग्राम्स, आइएससी, ओएससी र भिएलएन सेवा तत्काल बन्द गर्न निर्देशन दिँदै कानुनी प्रक्रिया थाल्न निर्देशन दिएका थिए । 

आइतबार साँझ प्रहरीले बायोमेट्रिक सेन्टर, आइएससी, भिएलएन र वान स्टप सेन्टरमा छापा मारी सञ्चालकहरुलाई पक्राउ गरी कागजात र कम्प्युटर समेत बरामद गरेको थियो । मलेसियन दूतावासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आइतबारको घटनाबारे ध्यानाकर्षण भएको बताएको छ । विज्ञप्तिको सुरुवातमै यी संस्थाहरु मलेसिया सरकारकै एक अभिन्न अंग रहेको भन्दै यी संस्थाहरुले श्रमिक छनौटदेखि सामाजिक तथा श्रम भिषाका लागि भिषा आवेदनको प्रक्रिया अघि बढाउने उल्लेख गरिएको छ ।

दूतावासले सरकारले सुरु गरेको अनुसन्धानलाई सघाउने भन्दै आईएससीलाई आफ्ना कामकारबाही एक हप्ता वा थप सूचना नआएसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ । आईएससी मलेसियामा कामदार छनौटको लागि अपनाइने प्रमाणिक प्रक्रियाको पहिलो चरण हो । यसको साथै दुतावासले सामाजिक र भ्रमण भिसा प्रदान गर्ने काम सहज रुपमा चालु राख्नको लागि वान स्टप सेन्टर (ओएससी) लाई आफ्ना काम कारबाहीहरु अर्को सूचना नआएसम्मको लागि सुचारु राख्न भनेको छ ।

मलेसियाली दूतावासले सर्वसाधरणबाट प्रत्यक्ष भिसा आवेदन लिन बन्द गरिसकेको भन्दै मलेसियाली भिसा प्रणालीको प्रमाणिक प्रक्रिया अन्तर्गत ओएससी मलेसियाको लागि सम्पूर्ण भिसा आवेदनहरु संकलन गर्ने र बाँकी कार्य गर्न जिम्मेबार केन्द्र भएको दूतावासको स्पष्टीकरण छ । तर, नेपाल सरकारले भने आफूले मलेसिया जाने प्रक्रियाका लागि काम गर्न मलेसियन दूतावासबाहेक अरुलाई नचिनेको र रकम उठाउनका लागि कसैलाई स्वीकृति नदिएको भन्दै यी संस्थाहरुको वैधानिकता नरहेको स्पष्ट पारेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।