logo

महामारीकाबीच पहिलो चौमासमा ४५ हजार १८२ नेपाली विदेशिए

    2601   पटक पढिएको

८ पुस/अर्थ र व्यापार– कोभिड–१९ महामारीकाबीच चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ४५ हजार १८२ जना नेपाली श्रमिक विदेशिएका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार विदेशिएका नेपालीमध्ये २५ हजार ९३१ जना कामदार पुनः श्रमस्वीकृति लिएर गएका हुन् । भने बाँकी १९ हजार २५१ जना नेपाली श्रमिक नयाँ श्रमस्वीकृति लिएर वैदेशिक रोजगारमा गएको हो ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टीकाराम नेउपानेले देशभित्र रोजगारीको अवस्था शिर्जना हुन नसक्दा विषम परिस्थितिमा पनि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको बताए ।

कोभिड–१९ महामारीका कारण विदेशमा रोजगार गमाएका श्रमिकहरु सरकारले नेपालमै रोजगारी दिने भनी आश्वासन देखाएपछी नेपाल फर्किएका थिए । तर सरकारबाट पनि खास ठोस कार्यक्रहरु नआउँदा पुनः बिदेशिने क्रम बढेको प्रवक्ता नेउपानेले बताए ।

प्रवक्ता नेउपानेका अनुसार हाल मुलुकमा विकसित राजनीतिक घटनाक्रम, कोभिड महामारी  र बढ्दो अस्थिरताका कारण आगामी दिनमा नेपाली युवाहरु बिदेशिने संख्या अझ बढ्ने बताए ।

तथ्यांकअनुसार गत बर्षको तुलनामा चालू आवको पहिलो चौमासमा बैदेशिक रोजगारमा जाने कामदारको सख्या ७१.८६ प्रतिशतले घटेको छ । गत आवको पहिलो चौमासमा नेपालबाट कुल १ लाख ६० हजार ५७० जना कामदार बैदेशिक रोजगारमा गएका थिए ।

पुनः श्रम स्वीकृति लिएर जाने कामदारको सख्या ६७.९ प्रतिशतले घटेको तथ्यांकले देखाएको छ ।
गत आवको चौमासिक अवधिमा ८० हजार ८९० जना कामदारहरू पुनः श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएकामा चालू आवको सोही अवधिमा २५ हजार ९३१ जना कामदार पुनः श्रम स्वीकृति लिएका छन् ।

गत आवको कात्तिकसम्ममा ७९ हजार ६८० जना कामदार नयाँ श्रम स्वीकृति लिएर बैदेशिक रोजगारमा गएकोमा बर्ष भने १९ हजार २५१ जना नयाँ कामदार बैदेशिक रोजगारमा गएका छन् । यो संख्या गत आवको पहिलो चौमासको तुलनामा ७५.८ प्रतिशतले कमी हो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।