logo

श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरीय कार्यालय वीरेन्द्रनगरमा स्थापना

    2305   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार- श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरीय कार्यालय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको छ । संघीय श्रम मन्त्रालय मातहतको यो कार्यालयले श्रमिक र रोजगारदातासँग सम्बन्धित सुविधा र सुरक्षाको विषयमा सेवा प्रवाह गर्नेछ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वीरेन्द्रनगरमा कार्यालयको उद्घाटन गर्दै अब कर्णालीका नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । वैदेशिक यात्राको क्रममा सास्ती र झन्झटिलो प्रक्रिया खेप्दै आएका कर्णालीबासीका लागि अब श्रम स्वीकृतिको काम सोहि कार्यालयबाट हुने उनले बताए ।

“रोजगारका विषयमा यहाँका नागरिकले सास्ती खेप्दै आएको हामीले महसुस गरेका छौं, त्यही सास्तीलाई ध्यानमा राखेर प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालय स्थापना गरेका छौँ”–मन्त्री विष्टले भने । अब वैदेशिक यात्रामा हुने झन्झटिलो र ठगिने धन्दाबाट यहाँका नागरिकले छुटकारा पाउने उनको विश्वास छ । कार्यालयले पूर्ण स्वीकृति दिने काम गर्ने भन्दै अब हजारौँ रकम खर्च गर्नबाट जोगिने बताए ।

सरकारले अब उमेर अनुसारको रोजगारी सिर्जना गर्ने उनले बताए । काम गर्न सक्ने जनशक्तिलाई नेपालमा रोजगारी सिर्जना गरेर विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको मन्त्री विष्टको दाबी छ । श्रम मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने जानकारी दिए । कार्यालय स्थापना गर्दा बित्तिकै सेवा अधिकृतसहित कर्मचारी पठाइने उनले बताए ।

राजधानीमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयले तत्कालका लागि श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता नवीकरण, श्रम ऐन कार्यान्वयनको अनुगमन तथा कारबाही लगायत काम गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।