logo

श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरीय कार्यालय वीरेन्द्रनगरमा स्थापना

    1795   पटक पढिएको

१३ मंसिर / अर्थ र व्यापार- श्रम तथा रोजगार कार्यालयको प्रदेशस्तरीय कार्यालय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको छ । संघीय श्रम मन्त्रालय मातहतको यो कार्यालयले श्रमिक र रोजगारदातासँग सम्बन्धित सुविधा र सुरक्षाको विषयमा सेवा प्रवाह गर्नेछ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वीरेन्द्रनगरमा कार्यालयको उद्घाटन गर्दै अब कर्णालीका नागरिकले काठमाडौँ धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए । वैदेशिक यात्राको क्रममा सास्ती र झन्झटिलो प्रक्रिया खेप्दै आएका कर्णालीबासीका लागि अब श्रम स्वीकृतिको काम सोहि कार्यालयबाट हुने उनले बताए ।

“रोजगारका विषयमा यहाँका नागरिकले सास्ती खेप्दै आएको हामीले महसुस गरेका छौं, त्यही सास्तीलाई ध्यानमा राखेर प्रदेशस्तरीय श्रम तथा रोजगार कार्यालय स्थापना गरेका छौँ”–मन्त्री विष्टले भने । अब वैदेशिक यात्रामा हुने झन्झटिलो र ठगिने धन्दाबाट यहाँका नागरिकले छुटकारा पाउने उनको विश्वास छ । कार्यालयले पूर्ण स्वीकृति दिने काम गर्ने भन्दै अब हजारौँ रकम खर्च गर्नबाट जोगिने बताए ।

सरकारले अब उमेर अनुसारको रोजगारी सिर्जना गर्ने उनले बताए । काम गर्न सक्ने जनशक्तिलाई नेपालमा रोजगारी सिर्जना गरेर विदेशिनु पर्ने बाध्यता अन्त्य गर्न सरकार लागेको मन्त्री विष्टको दाबी छ । श्रम मन्त्रालयले ७५३ वटै स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गर्ने जानकारी दिए । कार्यालय स्थापना गर्दा बित्तिकै सेवा अधिकृतसहित कर्मचारी पठाइने उनले बताए ।

राजधानीमा स्थापना भएको श्रम तथा रोजगार कार्यालयले तत्कालका लागि श्रमसम्बन्धी विवादको निराकरण, बालश्रम निवारण, ट्रेड युनियन दर्ता नवीकरण, श्रम ऐन कार्यान्वयनको अनुगमन तथा कारबाही लगायत काम गर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।