logo

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २४० जना युवालाई रोजगारी

    2374   पटक पढिएको

२४ जेठ / अर्थ र व्यापार  - प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सिन्धुलीको तिनपाटन गाउँपालिकाले २ सयभन्दा बढी युवालाई रोजगारी दिएको छ । गाँउपालिकाले रोजगारीको माग गर्दै फारम भरेका युवामध्ये अहिले पहिलो चरणमा २४० जना युवालाई रोजगारी दिएको हो । गाउँपालिकाको वडा नम्बर १० र ११ को सिमानामा पर्ने भालु खोलामा कल्भर्ट निर्माणका लागि हाजिरीमा उनीहरूलाई काम लगाइएको रोजगार संयोजक बरुण आले मगरले बताए । उनका अनुसार पहिलो दिन २४० जनालाई एकै पटक काममा लगाइएको थियो । दोस्रो दिनदेखि ३०–३० जनाको समूह बनाएर काम गरिरहेका छन् । गत मंगलबारदेखि सुरु भएको सो योजनाको काम अवधिभर ३०–३० जनाको ८ वटा समूहले काम गर्नेछन् । त्यो ३० जनाको समूहलाई पनि दुई समूहमा १५–१५ जनालाई पालै पालो काममा खटाइएको रोजगार संयोजक आले मगरले बताए । निवदेन दिएका २४० जनालाई नै रोजगारी प्रदान गरिएको छ । 

गाउँपालिकाको कार्यालय जाने मुख्य सडकमै पर्ने भालुखोलामा ह्युमपाइप राखेर कल्भर्ट निर्माणका गर्ने गाउँपालिकाको निर्णय अनुरुप नै बेरोजगार युवालाई काममा खटाइएको बताइएको छ । बर्से्नि वर्षायाममा सडक अवरुद्ध हुँदा सवारी आवागमन नै बन्द हुने समस्यालाई मध्यनजर गरेर उनीहरूमार्फत नै सडकमा ह्युमपाइप राख्ने काम भइरहेको गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरले बताए । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि गाउँपालिकामा कुल ३७ लाख रुपैयाँ आएको छ । जसमा २५ प्रतिशत रकम सडक स्तरोन्नतिका लागि खर्च गरिने र ७० प्रतिशत रकम कामदारलाई ज्यालाका लागि छुट्याइएको उनले बताए । उनका अनुसार कामदारहरूलाई प्रतिदिन ७ सयदेखि १ हजार रुपैयाँ दिइने गरिएको छ । हेल्परलाई ७ सय रुपैयाँ र मिस्त्रीलाई १ हजार रुपैयाँको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । 

यसैबीच, तिनपाटन गाउँपालिकामा रोजगारीको माग गर्दै फाराम भर्नेको संख्या उत्साहजनक रहेको बताइएको छ । नेपाल सरकारले बेरोजगारी समस्या हटाउन स्थानीय तहमै रोजगारी दिन बेरोजगारहरूको लगत संकलन सुरु गरेसँगै तिनपाटन गाउँपालिकामा हालसम्म झण्डै ८ हजार जनाले फाराम भरेको रोजगार संयोजक बरुण आले मगरले बताए । जेठ मसान्तसम्म फारम भर्न मिल्ने भएकाले यो संख्या अझै बढ्न सक्ने आंकलन गरिएको छ । १८ वर्षदेखि ५९ वर्षसम्मका युवा तथा प्रौढ उमेरका महिला तथा पुरुषले रोजगारी पाऊँ भन्दै फारम भर्ने तथा निवेदन दिने काम भइरहेको जिल्लाका स्थानीय तहहरूले बताएका छन् । मुलुकमै रोजगारी दिने र युवाहरूलाई विदेश नपठाउने नीति लिएर बेरोजगार युवायुवती तथा वयस्कको लगत संकलन सुरु गरेसँगै सिन्धुलीमा मात्रै हजारौं बरोजगारले फाराम भरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।