logo

वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचन आगामी १७ असारमा सर्यो 

    296   पटक पढिएको


२८ माघ/अर्थ र व्यापार – नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी २ फागुनका लागि तोकिएको निर्वाचनसहितको ३१ औं वार्षिक साधारणसभा सरेको छ । संघको कार्यसमितिले विभिन्न कारणहरू देखाउँदै आगामी २ फागुनका लागि तय भएको नयाँ कार्यसमितिको निर्वाचनसहितको साधारणसभा हालाई स्थगित गरि आगामी १७ असारमा गर्ने अनुमतिका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको जनाएको छ ।
संघका अध्यक्ष राजेन्द्र भण्डारीले साधारणसभा सार्नुमा आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको भन्दै मुख्यगरी व्यवसायीको इजाजत नवीकरणका लागि बाध्यता खडा गरिएको संख्या सय समाधानलगायतका विषयमा केही समय वर्तमान कार्यसमितिले प्रभावकारी रूपमा काम गर्नुपर्ने अग्रज व्यवसायीसहित सबैतिरबाट सुझाव र आग्रह आएपछि मिति सारिएको र सरेको मितिमा कुनै पनि अवस्थामा नयाँ नेतृत्वका लागि निर्वाचन हुने आफ्नो प्रतिबद्धता रहेको बताए ।
यसैगरी, संघका महासचिव मेघनाथ भुर्तेलले हाल व्यवसायीले उठानगरेका मुद्दा लगायत अझ धेरै एजेन्डामा छलफल गर्न समय अपुग भएको भन्दै संघले २ फागुनमा तय भएको साधारण सभाको मिति सार्ने निर्णय गरेको हो । भुर्तेलले संघले सार्वजनिक सूचना प्रकाशन गरी सम्पूर्ण व्यवसायीलाई जानकारी गराउने बताए ।
उनले वैदेशिक रोजगार व्यवसायीको इजाजत नवीकरणका लागि बाधक रहेको १ सय को संख्या समाधान, भवन खरिद प्रक्रिया टुंगोमा पु¥याउने र वैदेशिक रोजगार ऐन संशोधन, सेवा शुल्क परिमार्जन लगायतका थाँती रहेका महत्ववपूर्ण काम पनि अनुभवी कार्यसमितिले टुंगोमा लगाउन सहज हुने विषयमा व्यवसायीहरूको आग्रहपछि साधारणसभा र निर्वाचन सार्ने निर्णय गरिएको बताए ।
संघको निर्णयअघि संघका पूर्वअध्यक्ष विमलप्रसाद ढकाल, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनका पूर्वअध्यक्ष प्रज्ञान न्यौपाने, संघका पूर्व प्रथम उपाध्यक्ष तथा एसोसिएसनका पूर्वअध्यक्ष कुमुद खनाल, एसोसिएसनका पूर्वकार्यबाहक अध्यक्ष तथा संघका पूर्वमहासचिव सुजितकुमार श्रेष्ठले संघमा लिखित निवेदन दर्ता गराउँदै २ फागुनका लागि तोकिएको निर्वाचनसहितको साधारणसभाको मिति परिवर्तनको माग गरेका थिए ।
लिखित निवेदनमा उनीहरूले वैदेशिक रोजगारीको क्षेत्रमा विगत केही समयदेखि महत््वपूर्ण मुद्दाहरूले व्यवसाय नै अनिश्चित भई सदैव त्रासपूर्ण अवस्थामा व्यवसाय गर्नुपरेको र हाल विशेषगरी संख्या सय संख्याको बाध्यता हटाएर सधैंका लागि समस्या समाधान गर्न संख्या विचाराधीन अवस्थामा रहेको वैदेशिक रोजगार ऐनको संशोधन विधेयक पारित गराउन भूमिका खेल्नका लागि साधारणसभा तथा निर्वाचनको निर्धारित मिति सार्न अनुरोध गरेका थिए ।
संघको साधारणसभाका लागि साढे ८ सय म्यानपावर कम्पनी संघमा दर्ता भएका छन् । तीमध्ये ४ सय भन्दा बढी मलेसियामा नेपाली कामदार पठाउने कम्पनी छन् । तर, मलेसियाले गत मे महिनादेखि नयाँ कामदारको एप्रुभल रोकेको छ । चालू आर्थिक वर्ष नसकिँदै संख्या सय खारेज गर्ने वैदेशिक रोजगार ऐनको प्रावधान खारेज गराउन सके ठूलो उपलब्धि हुने उनीाहरूको भनाइ छ ।
संघका पूर्वअध्यक्ष ढकालले केही व्यक्तिका लागि संख्या सयको समस्याभन्दा पद प्राप्त गर्ने लालसा होला तर सयौं व्यवसायीहरू संख्या सयको समस्या सधैंका लागि समाधान होस् भन्ने चाहेको बताए । उनले अब समाधानको नजिक पुगेको यो विषय कुनै कारणले पनि नबिथोलियोस् र सबै व्यवसायी साथीहरूले बिनातनाव सहज तरिकाले काम गर्न पाऊन् भन्ने आफुहरुको धारणा रहेको बताए ।
सो निर्वाचनकालागि अहिले लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको आधिकारीक तर्फबाट भूवनसिंह गुरुङ, फोरमकै बागी उम्मेदवार तथा गुरुङको उम्मेदवारी विरुद्ध लागेका व्यवसायीको तर्फबाट कुमोद खनाल, प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च लगायतको तर्फबाट नरेश गेलालको समुह र माओवादी निकट व्यवसायीको तर्फबाट रामप्रसाद भन्तनाले आ–आफ्ना समुहका भिन्दा भिन्दै उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।
सो निर्वाचनको अन्तिम समय आउन जम्मा ५ दिन मात्र बाँकी रहेको बेला संघको वर्तमान नेतृत्वले पुनः निर्वाचन सारेर आगामी १७ असारमा गर्ने निणर्य गरेपछि अहिले लोकतान्त्रिक फोरम लगायत विभिन्न दलका भातृसंस्थाहरुले बिरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।