logo

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढ्यो, एकमहिनामै ८४ हजार २ जनाले लिए श्रम स्वीकृत

    623   पटक पढिएको


१० पुस/अर्थ र व्यापार– मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार मंसिर महिनामा ८४ हजार २ सय २६ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । गत वर्षको सोही महिनामा जम्मा ६२ हजार १ सय ४७ जना नेपाली कामदार मात्र भिभिन्न मुलुकमा गएका थिए ।
गत वर्षको तुलनामा यस वर्ष मंसिरमा २० हजार बढी नेपाली कामदार श्रम स्वीकृति लिएर वैद्यानिक रुपमा वैदेशिक रोजगारीमा गएका छन् । असोजको तुलनामा कात्तिक महिनामा केही कमी आए पनि मंसिर महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या बढेको छ ।

नेपालीका मुख्य चाडपर्व दसैं, तिहार र छठपर्व लगायतका चाड सकेर ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएको देखिएको विभागले जनाएको छ । प्रमुख राजनीतिक दलहरूले स्थिरता, सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताए पनि श्रम गर्ने उमेर समूहका कम युवा–युवतीले त्यसमा विश्वास नगरेको विभागले सार्वजनिक गरेको सो विवरणले प्रष्ट पारेको छ । चाडपर्वको महिना कात्तिकमा पनि करिब ५५ हजार नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए ।
मंसिर महिनामा मात्र संस्थागत रुपमा म्यानपावर कम्पनीमार्फत २८ हजार ८ सय ६८ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । विभागले सार्वजनिक गरेको मासिक प्रगति प्रतिवेदनअनुसार मंसिर महिनामा सबैभन्दा धेरै नेपाली कामदार यूएई गएका छन् । मंसिरमा संस्थागत रुपमा यूएई जान म्यानपावर कम्पनीमार्फत १४ हजार २८ जनाले श्रम स्वीकृति लिएका छन् । सो महिनामा २४ हजार ७६९ जना यूएई गएका छन् । कात्तिकमा सो संख्या १२ हजार ४८५ थियो ।
त्यसपछि नेपाली कामदारको रोजाई साउदी अरेबिया दोस्रो स्थानमा रहेको छ । सो मुलुकमा म्यानपावर कम्पनीमार्फत ६ हजार ७५३ जनासहित १८ हजार ११५ जना नेपाली कामदार गएका छन् । विभागद्धारा सार्वजनिक भएको प्रगतिववरण सूचीको तेस्रो स्थानमा रहेको कतार जान म्यानपावर कम्पनीमार्फत ३ हजार १ सय ११ जना सहित १४ हजार ८ सय ४४ जनाको श्रम स्वीकृति लिएको छ । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढे पनि विश्वकप फुटबलपछि नयाँ रोजगारी सिर्जना हुन नसकेको सो विवरणबाट देखिएको छ ।
मंसिरमा मलेसियामा म्यानपावर कम्पनीमार्फत ४ जना, व्यक्तिगत २२ जना र पुनः श्रम स्वीकृति मार्फत ४ हजार ४६९ जनाको श्रम स्वीकृति भएको छ । कात्तिकमा ३ हजार ९७९ जना मलेसिया गएका थिए । मलेसियाबाट पुस महिनादेखि मात्र केही डिमान्ड आउन थालेको छ ।
खाडी मुलुक कुवेतमा मंसिरमा म्यानपावर कम्पनीमार्फत ३ हजार ११८ र समग्रमा ६ हजार ६९० जनाको श्रम स्वीकृति भएको छ । बहराइनका लागि ६१३ जनाको संस्थागत श्रम स्वीकृतिसहित समग्रमा १ हजार १८३ जनाको श्रम स्वीकृति भएको छ ।
युरोपीयन मुलुक साइप्रसमा म्यानपावरमार्फत ३७० जना महिला सहित समग्रमा ६६३ जना , जापानमा म्यानपावर कम्पनीमार्फत ११० जना र अन्य प्रक्रिया मार्फत गरि २ हजार ३७१ जना, जोर्डनमा म्यानपावरमार्फत ९४ जना सहित १३३ जना, मरिससमा म्यानपावरमार्फत १९५ जना सहित समग्रमा ६५३ जना गएका छन् । मंसिरमा क्रोएसियामा म्यानपावरमार्फत १ जना पनि गएका छैनन् तर, उक्त मुलुकमा व्यक्तिगत नयाँ १ हजार ११६ सहित कुल १ हजार ४११ जना गएका छन् । मंसिरमा माल्टा म्यानपावर कम्पनीमार्फत १ जना पनि गएका छैनन् भने व्यक्तिगत रूपमा १६४ र समग्रमा ४०७ जना, रोमानियाका लागि म्यानपावरमार्फत १४६ जना र व्यक्तिगत रूपमा १ हजार ६२६ सहित २ हजार ३४२ जनाको श्रम स्वीकृति भएको छ ।
क्यानाडा, माल्दिभ्स, पोल्यान्ड र बेलायतमा व्यक्तिगत श्रम स्वीकृतिमा गए पनि म्यानपावर कम्पनीले ती मुलुकमा पठाउन श्रम स्वीकृति लिन सकेका छैनन् । म्यानपावर कम्पनीले १४ मुलुकमा पठाउँदा व्यक्तिगत श्रम स्वीकृतिमा ९१ मुलुकमा नेपाली कामदार पुगेको विभागको तथ्यांकमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।