logo

यस्ता छन् सबैभन्दा धेरै कामदार विदेश पठाउने २० म्यानपावर

    982   पटक पढिएको

१५ साउन/अर्थ र व्यापार – गत आर्थिक वर्ष २०८०/८१मा ७ लाख ४१ हजार नेपालीहरु वैदेशिक रोजगारीमा गए । त्यसमध्ये म्यानपावर एजेन्सीमार्फत नयाँ संस्थागत श्रम स्वीकृति लिएर जानेको संख्या ३ लाख ५३ हजार १६३ रह्यो ।
वैदेशिक रोजगार विभागका अनुसार गत वर्ष २३ वटा म्यानपावर कम्पनीहरुले २ हजार जनासम्म श्रमिकहरु वैदेशिक रोजगारीमा पठाए ।
सबैभन्दा बढी श्रमिक पठाउनेको सूचीमा निलकमल ह्युमन रिसोर्स रहेको छ । यो कम्पनीले ७ हजार २०८जना नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएको थियो ।
दोस्रो स्थानमा रहेको एसओएस म्यानपावर ओभसिजले ५ हजार ७४६ जना श्रमिक विदेश पठायो । तेस्रो स्थानको एयर किंग्स प्लेसमेन्ट ४ हजार १४ जना, चौथो स्थानको प्याराडाइज इन्टरनेसनलले ३ हजार ९८५ जना र पाँचौं स्थानको साउन्डलाइन्स रिक्वायरमेन्टले ३ हजार ८३२जना श्रमिक पठाएको थियो ।
छैठौं स्थानको दि रिभर ओभरसिजले ३ हजार ७३४ जना, सातौं स्थानको इन्टरनेसनल म्यानपावर रिक्वयारमेन्टले ३ हजार ५७९ जना र आठौं स्थानको सोपोर्ट ह्युमन रिसोर्सले ३ हजार ५०९ जना श्रमिक विदेश पठाएको थियो ।
नवौं स्थानको एड्भान्स्ड म्यानेजमेन्ट सर्भिसेजले २ हजार ९८६ जना र दशौं स्थानको इम्पावार ह्युमन म्यानेजमेन्ट सर्भिसेज २ हजार ७६९ जना श्रमिक विदेश पठाएको विभागको तथ्यांकमा उल्लेख छ ।
११औं स्थानमा रहेका आकर्षण इन्टरनेसनलले र लिंक इन्टरनेसनल प्लेसमेन्टले पनि समान २ हजार ७०६ जना श्रमिक वैदेशिक रोजगारीमा पठाएको तथ्यांक छ ।
१२औं स्थानको सान नेपालले २ हजार ५६६ जना, १३औं मास ह्युमन रिसोर्सले २ हजार ५१७ जना, १४औं स्थानको एसपीएम ओभरसिजले २ हजार ४७३ जना र १५औं स्थानका अञ्जली ओभररसिजले २ हजार २६५ जना श्रमिक विदेश पठाएको छ ।
१६ औं स्थानको अल स्किल्स इन्टरनेसनल ह्युमन रिर्सोसले २ हजार १७६ जना , १७औं स्थानको जबसिकर म्यानपावरले २ हजार १६५ जना र १८औं स्थानको बेस्ट रिक्रुटमेन्ट सर्भिसले २ हजार १६४ जना श्रमिक पठाएको विभागले जनाएको छ ।
यसैगरी, १९औं स्थानमा रहेको अक्सोर्ड इन्टरनेसनलले २ हजार ४०८ जना र २०औं स्थानको नाइस रिक्रुटमेन्ट एजेन्सीले २ हजार ९८ जना श्रमिक विदेश पठाएको छ ।
ग्रेस ओरभसिजले २ हजार ३१ जना र अलजरा ह्युमन रिसोर्स कन्सल्टेन्सी २ हजार जना कामदार विदेश पठाएको तथ्यांक रहेको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।