logo

अब करार र ज्यालादारी कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गरिने

    1179   पटक पढिएको


९ चैत/अर्थ र व्यापार – प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारले अब करार र ज्यालादारीमा कामगर्ने नेपाली कामदारलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन् ।
बुधबारदेखि सुरु भएको वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र विदेशमा स्वरोजगारीमा रहेकालाई कोषमा सूचीकरण गर्ने कार्यक्रम शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन । उनले करार अस्थायी र ज्यालादारी काम गर्ने कामदारहरुलाई पनि छिट्टै कोषमा आवद्ध गर्ने बताए ।
विदेशमा रहेका सबै नेपालीलाई सामाजिक सुरक्षा योजनामा सहभागी भई लाभ लिन आह्वान गर्दै प्रधानमन्त्री दाहालले विदेशमा रहेका नेपालीलाई देशसँग जोडिराख्न र राज्य यहाँहरूसँगै छ भन्ने आभास दिलाउन पाएकोमा आफूलाई खुसी लागेको बताए ।
अहिले बाध्यताले वैदेशिक रोजगारीका लागि विभिन्न देसमा पुग्नुपरे पनि वैदेशिक रोजगारीमा रहेका नेपालीप्रति माया र सद्भाव रहेको धारणा राख्दै प्रधानमन्त्री दाहालले भने, ‘सरकार देश यहाँहरूसँगै छ भन्ने प्रतिबद्धता गर्छु, यहाँहरू जहाँ भए पनि तपाईँहरूले देशको विकासमा सहयोग पु¥याइरहनुभएको छ, त्यसैले माया र सद्भाव छ ।’
उनले वैदेशिक रोजगारीकालागि विदेश जाने युवालाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको भन्दै अब विदेशमा रहेका नेपालीले दुःख पाउने दिन समाप्त भएको बताए । उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने धारणा राखे ।

यसैगरि, प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीका लागि नयाँ–नयाँ अवसर र गन्तव्यको खोजी गर्ने श्रम, रोजगार तथा सामाजिक सूरक्षा मन्त्रालयको तयारीलाई समेत प्रोत्साहन गर्दै आएको बताए । उनले श्रम सम्झौता गर्न बाँकी देशसँग सम्झौता गर्ने र भएका देशहरुसँगको सम्झौतालाई समय सापेक्ष बनाउने कार्यलाई अघि बढाउने बताए ।

प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीतिक योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
सरकारका मुख्यसचिव डा शंकरदास वैरागीले गैरआवासीय नेपालीको सीप र पुँजीलाई नेपालको समृद्धिमा लागाउन सरकारले सहजीकरण गरेको बताए । अनौपचारिक र स्वरोजगार श्रमिकका लागि कुनै पनि सामाजिक सुरक्षाको दायराबाट बाहिर रहेको अवस्थामा कोषले ल्याएको यस योजना नयाँ सुरुवात भएको बताए । उनले कोषको दायरा विस्तार गरेर सरकारको दायित्वलाई कम गर्दै लैजान सकिएको खण्डमा आम नागरिकले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा कोषबाट सहयोग लिन सक्ने बताए ।
कोष सञ्चालक समितिका अध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले यस योजनाले वैदेशिक रोजगारीको क्षेत्र र विदेशमा स्वरोजगारमा रहेका नेपाली नागरिक सामाजिक सुरक्षाको दायरामा समेटिने बताए । उनले अब विभिन्न देसबाट आउने रेमिट्यान्स रकमलाई वैधानिक बाटोबाट भित्राउन पनि यस योजनाले थप सघाउ पु¥याउने अपेक्षा गरिएको बताए ।
यसैगरि, नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले श्रम शक्तिको ठूलो हिस्सालाई यस नयाँ योजनाले समेट्ने बताए । यस योजनाबाट लाखौँ नेपाली कामदार र उनीहरुसँग आश्रित परिवार लाभान्वित हुने भन्दै उनले अप्ठ्यारो पर्दा सामाजिक सुरक्षा योजनाले राहत दिने बताए ।
सामाजिक सुरक्षा कोषमा संकलन हुने योगदान रकमबाट आन्तरिक पुँजी परिचालन गरी आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राख्दै उनले अहिलेको तरलता संकटको समस्या समाधान गर्न पनि यस योजनाले सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का कार्यकारी अध्यक्ष रविना थापाले श्रमिकको सुरक्षाका लागि ल्याइएको यस नयाँ कार्यक्रम निकै महत्वपूर्ण रहेको बताइन् ।
एनआरएनएका अर्का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारिको क्षेत्रमा सामाजिक सुरक्षा योजना लागू भएपछि मलेसिया र मध्यपूर्वमा रहेका लाखौँ नेपाली कामदार लाभान्वित हुने अपेक्षा गरिएको बताए ।
संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का महासचिव चिरागमानसिंह कुँवरले अनौपचारिक र स्वरोजगारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा योजनाको दायरमा ल्याउन विशेष पहल गर्नुपर्ने बताए ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले आगामी १ वैशाखदेखि अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा ल्याइने बताए । जसकालागि सरकारले सबै तयारी पुरा गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।