logo

संघ निर्वाचनकालागि यस्ता छन गुरुङ समुहको प्रतिबद्धता, व्यवसायीमाथिको अनधिकृत हस्तक्षेप रोक्न पहल गर्ने

    1310   पटक पढिएको


२ माघ/अर्थ र व्यापार– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका भुवनसिंह गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक समुहले विभिन्न प्रतिवद्धताहरु अघि सारेको छ ।

सोमबार अर्थ र व्यापारसँग कुरा गर्दै संघका अध्यक्षका प्रत्यासी उम्मेदवार गुरुङले एक सय संख्याको व्यवस्था एवं सरकारी नियम कानुनी जटिलता हटाउन पहल गर्ने, दूतावास प्रमाणिकरण आइटी (फेम्स)पूर्व अन्तिम समस्या समाधानकालागि पहल गर्ने , कामदार भलाई कोष एवं संचालकहरुको जीवन बिमा संचालन गर्ने, साउदी आइडको व्यवस्थामा पहल गर्ने आफ्नो समाुहको मुख्य प्रतिवद्धता रहेको बताए ।

यसैगरि, उनले.व्यवसायिक सुरक्षा संयन्त्रको व्यवस्था, सेवा सुल्क परिमार्जन ,व्यवसायी माथिको अनधिकृत हस्तक्षेप रोक्ने, कर्मचारी एवं कार्यलयको बिमा लागु गर्ने, साउथ एसियन सेन्डिङ अर्गनाईजेशन सम्मेलन गराई अन्तर्राष्ट्रिय काठमाडौ घोषणा पत्र जारिगरि कामदार आपूर्तिमा सहजता ल्याउन सरकारलाई सुझाव दिने, नयाँ गन्तव्य प्रवद्र्धन गर्न सरकारसँग हातेमालो गरेर अघि बढ्ने र गैह्र कानुनी स्वीकृत रोक्न पहल गर्ने लगायतका व्यवसायीक हितकालागि प्रतिवद्धता व्यक्त गरे ।

यसअघि पनि संघको कार्यसमितिका तिन कार्यकालसम्म आफ्नो जिम्मेवारी पुरा गरिसकेका अध्यक्षका प्रत्यासी गुरुङले आफुले २७ महिना संघमा बसेर काम गर्दा एकहजार ४० वटा उजुरीको फछ्यौट गरेको बताए । ‘ संघलाई व्यवसायीहरुको अभिभावकिय संस्थाको रुपमा अघि बढाउँदै, व्यवसायीका समस्याहरु संघमा नै समिति बनाएर छलफल गराएर अघि बढ्ने योजना छ’ गुरुङले भने ।

संघको आगामी शुक्रबार हुने निर्वाचनकालागि अध्यक्षका प्रत्यासी संघका पूर्व उपाध्यक्ष एवं गुरुङ म्यानेजमेन्ट प्रालिका प्रवन्ध निर्देशक भुवन गुरुङ नेतृत्वको संयुक्त लोकतान्त्रिक व्यवसायीक प्यानलको तर्फबाट संघको द्धितिय उपाध्यक्षमा मो.जावरद्धिन मियाँ, तृतिय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकीले उम्मेदवारी दिएकी छिन । यसैगरि, सदस्यमा भगीरथ भण्डारी(भवानी) र चन्द्रकमल श्रेष्ठले उम्मेदवारी दिएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।