logo

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण हुन्छ : श्रममन्त्री कुँवर

    1266   पटक पढिएको

१९ भदौ/अर्थ र व्यापार – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा पठाउने नाममा भइरहेको ठगी नियन्त्रण गर्ने प्रतिवद्धता जनाएका छन् ।

आइतबार मन्त्रालयको कल सेन्टरमा श्रमिकहरुको गुनासो सुनेपछि सञ्चारकर्मीहरुसँग बोल्दै मन्त्री कुँवरले सरकारले शून्य लागतमा पठाउने भनिएका देशहरुमासमेत एजेण्टहरुमार्फत् जताततै श्रमिकहरु ठगेको भन्दै तत्काल नियन्त्रण गर्ने बताए ।

उनले शून्य लागतमा वैदेशिक रोजगारीमा जानसक्ने सम्झौता भएका देशहरुमा समेत एजेण्टहरुले साढे ३ लाखसम्म लिएको गुनासो आएकाले मन्त्रालयले त्यसको अनुगन शुरु गरेको छ ।

मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासोहरुलाई मन्त्रालयले सहजीकरण गर्ने बताए । उनले वैदेशिक रोजगारी पठाउने नाममा जताततै ठगी हुदाँ सरकारलाई अफ्ठ्यरो लागेको बताए । मन्त्री कुँवरले ठगी भएको जानकारी मन्त्रालयमा नआउँदा अनुगमन गर्नसमेत नसकिएको बताए ।

अनुगनको लागि अनुगमन टोलीले प्रमाण र पैसा केही नभेट्यो गरेको बताए । मन्त्री कुँवरले ठगी भएको प्रमाण नभई कारबाहीको दायरामा ल्याउन नसकिएको बताए ।

अब सरकारले ठगी गर्ने एजेण्टहरु कहाँ बस्छन् खोज अनुसन्धान गरेर कानूनी कारबाही गरिने उनले बताए । मन्त्री कुँवरले कल सेन्टरमार्फत श्रमिकका गुनासाहरु तत्काल र केही समय लगाएर भए पनि समाधान मन्त्रालयले गरिरहेको दाबी गरे । उनले पछिल्लो समय वैदेशीक रोजगारको क्षेत्र, घरजग्गा कारोबार हुँदाहुँदै फोहोर व्यवस्थापनमा समेत दलाली हुन थालेको बताए ।

मन्त्री कुवरले आइतबार चार जना श्रमिकहरुको गुनासो सुनेका छन् । उनले वैदेशिक रोजगारीमा लैजान्छु भनेर महिनौ नलगिएको, वैदेशिक रोजगारीमा गएर घर आउन नदिएको जस्ता गुनासा श्रमिकहरुले मन्त्री कुँवरलाई भनेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।