logo

सामाजिक सुरक्षा कोषको मोबाइल एप सार्वजनिक, सापटी योजना कार्यान्वयनमा

    1131   पटक पढिएको

२ भदौं/अर्थ र व्यापार – सामाजिक सुरक्षा कोषले एसएसएफ मोबाइल एप सार्वजनिक गरेको छ । कोषले बुधबार मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सो एप सार्वजनिक गरेका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कुँवरले कोषको एप सार्वजनिक गर्दै प्रविधिमा समाज अघि बढेकोले त्यसलाई आत्मसात् गर्नुपर्ने बताए । यसअघि कोषले प्रदान गर्ने सुविधा तथा भुक्तानीका लागि कोषमा धाउनुपर्ने बाध्यता हटेको र एपको प्रयोगले घरमा बसेर सबै काम गर्न सकिने पनि उनले जानकारि गराए ।
सार्वजनिक एपबाट विभिन्न सेवा सुविधा उपलब्ध हुने कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले मन्त्रालयको सक्रियतामा कोषको कार्यलाई प्रविधिमैत्री र योगदानमैत्री बनाउँदै लगेको बताए ।
कोषले यसअघि नागरिक एपमा आवद्ध भएर विभिन्न सेवा प्रदान गर्दै आएको थियो । तर, आगामी दिनमा कोषको एपबाट नै विभिन्न सेवा प्रदान हुने उनले जानकारी दिए । सो एपबाट कोषका सम्पूर्ण कार्यहरू गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ । यसैगरि, एपको प्रयोगबाट भुक्तानी तथा रकम तिर्न सकिने कोषले जनाएको छ ।
एप सार्वजनिक भएसँगै आजबाट विशेष सापटीको व्यवस्था गरेको जानकारि गराउँदै उनले विशेष सापटी, घर कर्जा, शैक्षिक कर्जा र सामाजिक कर्जा एपबाटै लिन सकिने व्यवस्था मिलाइएको बताए ।
तीन वर्ष निरन्तर कोषमा योगदान गर्ने योगदानकर्ताले यो सुविधा पाउने कोषले जनाएको छ । बुधबार नै कोषले एक जनालाई एपमार्फत् सापटी दिएको छ भने, दुई जनालाई अवकास योजनाको रकम वितरण गरि सापटी योजना कार्यान्वयनको थालनी गरेको हो ।
श्रम मन्त्रालयका सचिव एक नारायण अर्यालले कोषको एपबाट विभिन्न सुविधा लिन सकिने बताए । उनले बुधबारबाट कोषले विशेष सापटीको व्यवस्था गरेको बताए ।
कोषबाट विशेष सापटीमा योगदानको ८० प्रतिशत, घरसापटीका लागि ७० लाख, शैक्षिक सापटीमार्फत् ३० लाख र सामाजिक कार्यमार्फत् ५ लाख रूपैयाँ लिन सकिने व्यवस्था गरिएको छ । उनले आगामी दिनमा सहुलियत कर्जाको समेत व्यवसथा गर्ने तयारी गरेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।