logo

भैरहवामा पनि खुल्यो वैदेशिक रोजगार कार्यालय ,श्रम स्वीकृतिकालागि काठमाडौं धाउन नपर्ने

    1672   पटक पढिएको

२ असार/अर्थ र व्यापार – भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै बुधबारदेखि बैदेशिक रोजगार व्यवस्थापन कार्यालयको शाखा पनि खुलेको छ । संस्थागत र व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारिमा जानेहरुका लागि पूर्व श्रम स्वीकृति, अन्तिम श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृतिको काम हुने भएको छ । यो कार्यालय सञ्चालनमा आएसँगै श्रम स्वीकृतिकालागि काठमाडौं धाईरहनु पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।
बुधबार भैरहवामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार (किसान) श्रेष्ठले यस वैदेशिक रोजगार व्यवस्थापन शाखाको उद्घाटन गरेका हुन । उनले वैदेशिक रोजगारिमा जाने नेपाली कामदारको सहजताकालागि अब मेनपावर कम्पनीहरुलाई पनि भैरहवामा आफ्नो कार्यालय खोल्न आग्रह गरे । मन्त्री श्रेष्ठले बुधबार भैरहवाको कार्यालयबाट कतार जाने नेवाली कामदार अस्कर अली मियाँको श्रम स्वीकृति गरेर सो कार्यालयको सेवा औपचिरक रुपमा सुचारु गरेका हुन् ।
यो कार्यालय सञ्चालनमा आएसँग भैरहवाबासीको वर्षौ देखिको सपना पूरा भएको छ । मन्त्री श्रेष्ठले पनि आफु यो कार्यालयको सेवा सञ्चालन गर्ने कामको सुरुवात भएको भन्दै छिट्टै नै उपसचिवको दरबन्दि ल्याएर सेवाग्राहीको काममा थप सहजता प्रदान गर्ने व्यवस्था मिलाउन मन्त्रालय लागि सकेको बताए ।
वैदेशिक रोजगारिमा जाने व्यक्तिलाई सिप सिकाउनकालागि आगामी बजेट मार्फत सातै प्रदेशमा सिप मुलक तालिमको कार्यक्रम ल्याउन लागिएको बताउँदै उनले वैदेसिक रोजगारीको बहानामा ठगि गर्ने कोही कसैलाई छुट नहुने दावी गरे ।
भैरहवामा कार्यालय खोलेर मात्रै नहुँने भन्दै सांसद प्रमोद यादवले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई आवश्यक पर्ने कागजपत्र छिटो र सहज ढंगबाट हुने व्यवस्था मन्त्रालयले गरि दिन आग्रह गरे । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्यालले अब यस कार्यालयको कामलाई सहज ढंगले अघि बढाउन मेनपावर कम्पनी पनि आश्यक रहेकोले भैरहवामा आउने मेनपावर कम्पनीलाई सरकार सहयोग गर्न तयार भएको बताए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले प्रविधिको युगमा विकासको काम अगाडि बढ्दै गएकोले सरकारले सुविधा दिएमा मेनपावर कार्यालयहरु खोल्न तयार हुने बताए । उनले देसमा मेनपावर कम्पनीलाई बदमान गराउने गिरोह रहेकोले सरकारले त्यस्ता गिरोहको खोजी गरी कारवाही गर्नुपर्ने बताउँदै मेनपावर कम्पनीले वैदेसिक रोजगारमा जानेलाई सहयोगी भूमिका निर्वाह गरेकोले विचौलीयाबाट जोगिन सर्वसाधारणलाई आग्रह गरे ।
भैहरवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए लगत्तै कुवेतको जजिरा एयरले सातामा तिन दिन उडान भरि रहेको छ । माग बढ्दै गएको खण्डमा छिट्टै अन्य देसका नियमित उडान भर्ने तयारीमा सरकार लागि रहेको मन्त्रालयले जनाएको छ । यो विमानस्थल संचालनमा आएपछि विदेशबाट आएका विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतर गर्न नसकेर भारतको दिल्ली जाने वा घण्टौं सम्म जोखिम मोलेर आकाशमा उडि रहनु पर्ने बाध्यता हटेको छ ।
सो कार्यक्रमा नेपाली कांग्रेसका नेता अष्ठभुजा पाठक,सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खाँ, सिद्धार्थ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष ठाकुरकुमार श्रेष्ठ लगायतले आ –आफ्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।