logo

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा खनाल

    995   पटक पढिएको

८बैशाख/अर्थ र व्यापार – नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा कुमुद खनाल निर्वाचित भएका छन । एसोसियसनको बुधबार आयोजित एघारौं साधारणसभामा भएको निर्वाचनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचनमा खसेको २ सय ६७ मतमा खनालले १ सय ४९ प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी तारानाथ अर्यालले १ सय ६ मत पाए । खनाल नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व प्रथम उपाध्यक्ष समेत हुन् ।
कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा भगिरथ राई (रमेश), द्वितीय उपाध्यक्षमा विनोदजंग केसी, तृतीय उपाध्यक्षमा दीपक थापा, महासचिवमा कमल काफ्ले, सचिवमा लक्ष्मण पौडेल, सह(सचिवमा हर्क लिम्बू, कोषाध्यक्षमा कैलाश कार्की र सह–कोषाध्यक्षमा जफरूद्विन मियाँ विजयी भएका छन् ।
यसैगरि, कार्यसमितिका सदस्यहरूमा कैलाश पाठक, पंकज कुमार मिश्रा, प्रदीप थापा, मदन पुरी, यम कुमार क्षेत्री केसी, रविन मेगाले मगर, राम बहादुर लामा तामाङ, सुनिता कर्माचार्य, सुनिता श्रेष्ठ र हिरा बुढाथोकी निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षका लागि हुने व्यवस्था छ ।
एसोसिएसनको विधान अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र दुई उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सदस्यहरु सहित २३ सदस्यीय रहने कार्यसमितिमा १९ जनाको निर्वाचन भएको हो भने ४ जना कार्यसमिति सदस्यको निर्वाचित अध्यक्षले मनोनयन गर्ने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।