logo

वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा सहजीकरण गर्न बोर्डको आग्रह

    1441   पटक पढिएको

५ माघ /अर्थ र व्यापार– वैदेशिक रोजगारीमा जाने कामदारको परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यका लागि सहजीकरण गर्न स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । बोर्डले बुधबार एक सूचना मार्फत यस्तो आग्रह गरेको हो । बोर्डले मुलुकभरका सातै प्रदेशका प्रदेश संयोजक, प्रदेश शाखा कार्यालय र जिल्ला संयोजक, सम्पर्क शाखा कार्यालयलाई सो कार्यक्रमका लागि आवश्यक सहयोग गर्न आग्रह गरेको हो ।
स्वास्थ्य बीमा बोर्डले वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई अनिवार्य रुपमा सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा सहभागी गराउनका लागि अभ्यास गर्दै छ ।
सोही कार्यक्रमका आवश्यक सहयोग, सहजीकरण एंव समन्वयन गर्नका लागि बोर्डले आग्रह गरेको हो ।
नेपालको संविधानको धारा (५१) को उपधारा ज(१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ भनी उल्लेख भए बमोजिम समेतको कार्यान्वयनका लागि बीमा ऐन, २०७४ को दफा(३) को उपदफा(४) मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको लागि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुनुपर्ने छ’उल्लेख छ ।
स्वास्थ्य बीमा ऐनमा व्यवस्था भएबमोजिम नै वैदेशिक रोजगारीमा जाने हरेक कामदारले आफ्ना परिवारको अनिवार्य रुपमा बीमा गर्नुपर्ने कार्यक्रम अघि ल्याएको हो ।
बोर्डले स्वास्थ्य बीमा नियमावली, २०७५ एंव वैदेशिक रोजगारीमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आवद्ध गर्ने कार्यविधि–२०७८ जारी गरेको हो । बोर्डका अनुसार सो कार्यविधि यसै महिनादेखि लागू हुने छ । श्रम विभागसँगको समन्वयनमा सो कार्यविधि कार्यान्वयनमा ल्याउने भएको हो ।
कामदारले श्रम स्वीकृति लिने समयमा नै स्वास्थ्य बीमामा आबद्ध भएको प्रमाण पेस गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जाने कामदारका परिवार अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्नेछ  । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।