logo

नेपाल राष्ट्र बैंकमा १५१ लाई जागिरको अवसर 

    1644   पटक पढिएको

 

   ११ फागुन / अर्थ र व्यापार - काठमाडौं। नेपाल राष्ट्र बैंकले प्रशासन र प्राविधिक सेवाकालागि एकसय ५१ जना कर्मचारी माग गरेको छ । बैंकले अधिकृत स्तरको सहायक निर्देशकको लागि ४५ जना, सहायक द्धितीय स्तरको सहायक पदको लागि ९६ जना र सहायक द्धितीय स्तरको सूचना प्रविधिको लागि सहायक पदमा १० जनाकालागि अवसर खुला गरेको छ ।
सहायक निर्देशक पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, व्यवस्थापन वा जनप्रशासनमा स्नातकोत्तर गरेको हुनु पर्ने जनाएको छ । त्यस्तै सहायक द्धितिय पदकालागि प्लस टु वा सो सरह पास गरेको हुनुपर्ने छ भने सूचना प्रविधिक पदको लागि कम्युटर इन्जिनियरिङमा तीन वर्षे डिप्लोमा गरेको हुनु पर्नेछ ।

उक्त पदमा  अनलाईन प्रणालीबाट दरखास्त  दिनुपर्ने हुँदा नेपाल राष्ट्र बैंकको वेबसाइटबाट फारम भर्नुपर्ने बैंकले जनाएको छ । दरखास्त आवेदनको  अन्तिम म्याद चैत्र १ गतेसम्म रहेको छ । बैंकका अनुसार आवेदन दिँदा आवश्यक प्रमाणपत्र स्क्यान गरी आवेदनमा समावेश गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।