logo

एप्पल फेरि विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बन्न सफल

    1518   पटक पढिएको

२३ माघ /अर्थ र व्यापार - एप्पल एकपटक फेरि विश्वको सबैभन्दा धेरै बजार पूँजीकरण भएको कम्पनी बनेको छ । मंगलबार एप्पलले बजार पूँजीकरणमा माइक्रोसफ्टलाई पछाडि पारेको हो । योसँगै एप्पलको बजार पूँजीकरण ८२ हजार १०० करोड डलर पुगेको छ । दोस्रो नम्बरमा रहेको माइक्रोसफ्टको बजार पूँजीकरण ८१ हजार ९०० करोड डलर रहेको छ । ८१ हजार ६०० करोड डलरका साथ अमेजन तेस्रो नम्बरमा रहेको छ ।

एप्पलको शेयर मंगलबार १.७१ प्रतिशत नाफामा रह्यो। विगत ५ ट्रेडिङ सेशनभन्दा यसमा तीव्र वृद्धि भइरहेको थियो । जसका कारण कम्पनीको बजार पूँजीकरणमा वृद्धि भएको हो । नोभेम्बरमा एप्पललाई पछि पार्दै माइक्रोसफ्ट सबैभन्दा धेरै पूँजीकरण भएको कम्पनी बनेको थियो । १६ बर्षपछि माइक्रोसफ्ट सबैभन्दा बढी पूँजीकरण भएको कम्पनी बनेको थियो । तर जनवरीमा अमेजनले माइक्रोसफ्टलाई पछाडि पारिदिएको थियो । केही दिन पहिले फेरी माइक्रोसफ्ट पूँजीकरणमा नम्बर एकमा रहेको थियो ।

अगस्ट २०१८ मा एप्पलको बजार पूँजीकरण एक ट्रिलियन डलर पुगेको थियो । यो स्थान हासिल गर्ने एप्पल दुनियाँको दोस्रो कम्पनी बनेको थियो । तर आइफोनको विक्री घटेका कारण उसलाई केही दिनदेखि नोक्सान भइरहेको थियो । त्यसैले एप्पलको शेयरमा गिरावट आएको थियो र कम्पनीको बजार पूँजीकरण माइक्रोसफ्ट र अमेजनभन्दा पछाडि परेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।