logo

नयाँ लाइसेन्सको प्रक्रिया १५ दिनका लागि रोकियो

    1741   पटक पढिएको

६ असार / अर्थ र व्यापार - १५ दिनका लागि यातायात व्यवस्था विभागले काठमाडौंमा नयाँ सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को वितरण रोकेको छ । स्थानीय तहको चुनावका लागि विमागका कर्मचारी जिल्लामा खटिएपछि २१ गतेसम्मका लागि लाइसेन्सको वितरण रोकिएको हो । काठमाडौंमा लाइसेन्सको आवेदन, लिखित परीक्षा र ट्रयाल रोकिएको छ । अब २१ गतेपछि विभागले पूर्ण रुपमा अनलाइन सेवा प्रारम्भ गर्ने तयारी गरेको छ । अब अनिवार्य रुपमा अनलाइनबाटै नयाा लाइसेन्सको आवेदन बुझाउनुपर्ने व्यवस्था गरिनेछ ।

विभागले काठमाडौंमा आवेदन लिन अनलाइन सिस्टम सुरु गरेपनि पटक–पटक समस्या आउने गरेको छ । सर्भरले समय–समयमा काम नगरेपछि डाटा इन्ट्री नहुने समस्या छ । अब त्यो समस्या हट्ने र पूर्ण रुपमा अनलाइनबाट मात्रै आवेदन बुझाउने ब्यवस्था गर्न लागिएको छ । यातायात व्यवस्था विभागमा अहिले २ जना मात्रै कम्युटर इञ्जिनियर छन् । जनशक्ति थप्नेतर्फ विभागले ध्यान नदिँदा र्आटी सम्बन्धी समस्या आउने गरेको छ ।

स्मार्ट लाइसेन्स र इम्बोस्ड प्लेट जस्ता नयाँ प्रविधिको प्रयोगमा प्रवेश गरिसकेको विभागले अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरेको छ । तर, दक्ष जनशक्तिको अपर्याप्तताकै कारण यी सबै आधुनिक सिस्टमहरु असफल हुने खतरा छ । अनलाइन फारमको व्यवस्थापछि यातायात व्यवस्था विभागमा घन्टौं लाइन बस्नु पर्ने बाध्यता लगभग हट्नेछ ।

पूर्ण रुपमा अनलाइन सिसटम लागेपछि अब फारम भर्नेहरुको भिड त लाग्ने छैन नै, यसले अन्य सेवाग्राहीलाई पनि होलो हुनेछ । अनलाइन फारम भर्ने व्यवस्थाले बिचौलियाहरुबाट सेवाग्राही ठगिने सम्भावना पनि धेरै हदसम्म हट्नेछ ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।