logo

आम्दानीका स्रोत बन्दै निजी वन   

    1794   पटक पढिएको

३ मंसिर / अर्थ र व्यापार - सरकारले पारिवारिक निजी वनको अवधारणा अघि सारेसँगै सर्वसाधारणले आफ्नो स्वामित्वमा रहेको खाली जग्गालाई निजी वनका रूपमा विकास गरेर आम्दानीको स्रोत बनाउन थालेका छन् । वनबाट अन्य आम्दानीका साथै जडीबुटी खेतीले राम्रो स्रोत बनाएको छ । 

औद्योगीकरण र शहरीकरणले वन–जङ्गल संरक्षण चुनौती बन्न गएको अवस्थामा निजी वन संरक्षणको आधार बन्न थालेको छ । वनजन्य खाद्यान्न, जडीबुटी र वन उद्यममा बढ्दो आकर्षणका कारण सर्वसाधरणको त्यसप्रति मोह बढेको हो । जडीबुटी तथा जैविक खाद्यान्नका लागि पनि आफ्नो खाली र उत्पादन नहुने जग्गालाई निजी वनका रुपमा विकास गर्दा यसबाट तत्कालै आम्दानी हुन थालेको हो ।

उत्पादन नहुने खालको नाङ्गा भिरपाखामा रुखबिरुवा रोपेर जडीबुटी खेती गरेर महिलाले आफ्नो दैनिकीसमेत चलाउन थालेका छन् । अति दुर्लभ जडीबुटीमा पर्ने सर्पगन्धादेखि अम्रिसो, कुरिलो आदि रोपेर निजी वनका महिलाहरु खुसी छन् ।

वनमा रुख भने हुर्कँदोक्रममा रहेका छन् । रुखहरुमध्ये सबैभन्दा छिटो आम्दानी दिने मसला रहेकाले अधिकांशले निजी वनमा मसलाका रुख रोपेका छन् । खेती गर्न नसकिएका कारण उजाड भएको भू–भागमा रुखबिरुवासँगै जडीबुटी रोपेको गढी गाउँपालिकाकी पारिवारिक निजी वन मकवानपुरकी कोषाध्यक्ष गीताकुमारी न्यौपानेले बताइन् ।

उनको निजी वनमा हाल अम्रिसो र कुरिलो मात्र छ । मसलाका बिरुवा भने बोटका रुपमा रहेका छन् । यसले आम्दानी दिन केही वर्ष लाग्ने उनको भनाइ छ । पारिवारिक निजी वनलाई हुर्काएपछि आफ्नै आवश्यकताअनुसार कटानीसमेत गर्न पाउने भएका कारण यसमा सर्वसाधरणको मोह बढेको उनले बताए । यसबाट आम्दानी हुन केही समय कुर्नु परे पनि आम्दानी दिनेबारे भने सबै ढुक्क भएको पौडेलले बताए । उनको पनि न्यौपानेको जस्तै निजी स्वामित्वमा रहेको जग्गामा भएका रुख सरकारले काट्ने अधिकार पनि दिनुपर्ने तर्क छ ।

वन व्यवस्थापनका लागि सामुदायिक वनसँगै पारिवारिक निजी वनको समेत आवश्यकता रहेको बताइएको छ । यद्यपि सरकारले निजी जग्गामा भएका साल, अस्ना र कर्मालगायत केही प्रजातिका रूख व्यक्तिगतरूपमा कटान गर्न प्रतिन्बन्ध लगाएको छ । अन्यमा पनि रुखको प्रजाति र काठको गुणस्तरअनुसार सरकारलाई कर तिर्नुपर्छ । सबैभन्दा राम्रो मानिने टिकको रुखमा प्रतिघनमिटर रु ६५ कर तिरेपछि मात्रै बेच्न पाइन्छ ।

कमसल र धोर्दिएको काठमा पनि प्रतिघनमिटर नौ रुपैयाँ ७५ पैसा कर छ । निजी तथा पारिवारिक वन पालेका किसान भने यस्तो कर र डिभिजन वनबाट स्वीकृति लिनुपर्ने प्रावधानको विरोधमा छन् । वन नीति, २०७५ मा कृषि वनलाई प्रवद्र्धन गर्ने, त्यसमार्फत गरीबी निवारण गर्नेलगायतका विषय छन् । वन तथा वातावरण मन्त्रालयको गत आर्थिक वर्षको तथ्याङ्कअनुसार देशभरमा एक करोड ८० लाख क्यूफिट काठ उत्पादन भएको थियो । त्यसमा निजी वनको योगदान एक करोड २० लाख क्यूफिट थियो । तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्कअनुसार ३८ लाख ३१ हजार ९३ जनाको निजी तथा पारिवारिक वन छ । यस्तो वनले देशको ११ प्रतिशत भू–भाग ओगटेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।