logo

निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा 

    2075   पटक पढिएको

२७ मंसिर/ अर्थ र व्यापार - निर्माण सामाग्री उत्पादन र वितरणमा संलग्न समूह गोदावरी बिजनेश अर्गनाइजेशनले मकवानपुरमा पोलिस्याक (प्लाष्टिक बोरा) उद्योग संचालनमा ल्याउँदैछ । मकवानपुरको नेवारपानीमा निर्माणाधीन गोदावरी पोलिस्याक एण्ड एफआईविसीको कारखाना निर्माणको अन्तिम चरणमा रहेको छ । यो उद्योगसँगै मकवानपुरमा पोलि ब्याग उत्पादक उद्योगको संख्या तीन पुग्नेछ । आगामी दुई महिनाभित्र उद्योग संचालनमा ल्याउने लक्ष्य रहेको महाप्रबन्धक नयाराम चौलागाईंले जानकारी दिए ।

चौलागाईंसँग दुवई र कतारमा पोलि ब्याग उद्योगमा करिब एक दशकको अनुभव छ । यो उद्योगले प्लाष्टिक बोरा र त्रिपालको उत्पादन गर्नेछ । ३७ कठ्ठा क्षेत्रफलमा फैलिएको उद्योगको दैनिक उत्पादन क्षमता पाँच मेट्रिक टन रहेको छ । उद्योग सम्बद्ध स्रोतका अनुसार करिब बीस करोड रुपैयाँको लगानीमा उद्योग संचालनमा आउन लागेको हो ।

यो उद्योगको उत्पादन स्वदेशी बजारको साथै खाडी मुलुकमा समेत निकासीको योजना रहेको उद्योग व्यवस्थापनले जानकारी दिएको छ । स्वदेशमै ठूलो उत्पादन क्षमताको आधा दर्जन नयाँ सिमेन्ट उद्योग संचालनमा आउन लागेको र पुरानोले समेत धमाधम उत्पादन क्षमता विस्तार गरिरहेकाले पोलो ब्यागको बजार माग वृद्धि हुँदै जाने लगानीकर्ताको विश्वास छ ।

बोरा उत्पादन गर्ने दर्जन् उद्योग संचालनमा स्वदेशी बजारमा पोलि ब्याग र त्रिपाल उत्पादन गर्ने उद्योगको संख्या एक दर्जनभन्दा बढी छ । तीमध्ये भैरहवामा शौरभ समूहको जगदम्बा सिन्थेटिक उद्योग दैनिक १५ लाख मिटर, मोरङमा गोल्छा समूहको अरिहन्त प्लाष्टिक ९५००० टन, गोल्यान समूहको शिवम् प्लाष्टिक ९१० हजार टन, शारडा समूहको पशुपति सिन्प्याक्स ९१५०० टन, मकवानपुरमा त्रिशक्ति पोलिप्याक्स उद्योगले वार्षिक २ करोड बोरा संचालनमा छन् ।

यसैगरी नवलपरासीमा युनाइटेड पोलिप्याक्स, वीरगंजमा चाचान समूहको आदर्श पोलिप्लाष्ट, निम्बस समूहको वीरगंज र मकवानपुरमा प्रोजीओकेमको ९६००० टन, त्रिवेणी समूहको त्रिवेणी सिम्प्याक्स ९९००० टन, बेगानी समूहको नेकोन केबी प्लाष्ट उद्योग, शिवशक्ति समूहको शिवशक्ति केमो प्लाष्टिकको ९७२०० टन संचालनमा छन् । यीमध्ये अधिकांश उद्योगले भारत तथा तेश्रो मुलुकमा समेत आफ्नो उत्पादन निर्यात गरिरहेका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।