logo

नयाँ नेचुरल तथा हर्बल प्रोडक्टहरुको कारण भारतमा पतन्जलीको अवस्था कमजोर बन्दै

    2259   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार– बाबा रामदेवको पतन्जली आयुर्वेदका उत्पादनहरुको बिक्रीमा बिगत एक वर्षदेखि गिरावट आएको छ ।

भारतमा क्यान्टर वर्ल्ड प्यानलले हालै गरेको अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतन्जलीको बिक्रीमा अक्टोबर देखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ । जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो ।

अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतन्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ ।

एक साताअघि क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा पतन्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ ।
यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (सीएजीआर)बाट मात्रै बृद्धि हासिल गरेको देखिएको क्रेडिट सुइसले आफ्नो प्रतिवेदनमा भनेको छ । 

तर पतन्जलीका प्रवक्ता एस के तिजारावालाले एफएमसीजी सेक्टरमा पतन्जलीले सबैभन्दा ठूलो बजार पाएको छ । अब मार्केटमा हाम्रो ब्राण्ड स्थापित भैसकेको र मार्केट शेयर पनि बढिरहेकाले अन्य एफएमसिजी कम्पनीहरुकै बराबर ग्रोथ हासिल गरिरहेको बताएका छन् । 

सन् १९९७ मा एउटा सानो फार्मेसीबाट सुरु भएको पतन्जलीको हाल दुई दर्जनभन्दा धेरै मेनस्ट्रीम एफएमसीजी उत्पादनहरु छन् । यसमा टुथपेष्ट, स्याम्पु तथा अन्य पर्सनल केयरका उत्पादनहरुदेखि लिएर कर्नफ्लेक्स र चाउचाउ जस्ता आधुनिक खानेकुराहरु पनि छन् ।

विज्ञहरुका अनुसार पतन्जलीको ग्रोथका पछाडि बाबा रामदेवका प्रशंसकहरुकै हात थियो । उनीहरुले बाबा रामदेवको नामकै कारण यी उत्पादनलाई किनेका थिए । 

तर ब्रोकरेज फर्म एम्बिटको प्रतिवेदनका अनुसार बिगत एक वर्षमा पतन्जलीका टुथपेष्ट र महको मात्रै मार्केट शेयर बढेको छ । पतन्जलीको साबुन र खाने तेलको मार्केट शेयर स्थिर छ तर हेयर आयल, स्याम्पु तथा नौनीमा गिरावट आएको छ ।

पतन्जलीका धेरैजसो प्रतिद्वन्दी कम्पनीहरुले नेचुरल तथा हर्बल प्रोडक्टहरु पनि धमाधम लञ्च गरेकाले पतन्जलीको  अवस्था कमजोर हुँदै गएको बताइन्छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।