logo

१४ सय पब्लिक कम्पनीमा ५० मात्र ओटिसी बजारमा दर्ता

    1901   पटक पढिएको

५ साउन / अर्थ र व्यापार – ठुलै आकांक्षासाथ ल्याईएको ओभर द काउन्टर(ओटिसी) बजारमा अपेक्षा अनुसार कारोबार हुन सकेको छैन् । हालसम्म ओटीसी बजारमा ५० कम्पनी मात्र दर्ता छन् र यिनीहरुको कारोबार पनि नगन्य मात्र हुने गरेको छ । गएको चार महिनामा नौ कम्पनीको मात्रै ओटीसी बजारमा शेयर कारोबार भएको हो ।

ओटिसी बजारबाट कारोबार बढाउने भन्दै नेपाल धितोपत्र बोर्डले कमिसन समेत घटाएको थियो । तर, त्यसले बजार उकास्न कुनै मद्दत गरेन् । पहिले जुनसुकै कारोबारमा डेढ प्रतिशत शुल्क लिने व्यवस्थालाई परिवर्तन गरि बोर्डले कारोबार रकम अनुसार कमिसन शुल्क वर्गीकृत गरेको छ ।

हाल २५ हजारसम्मको कारोबारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को लागि ०.०१५ प्रतिशत, बोर्डलाई ०.२० प्रतिशत कमिशत लाभकर लाग्छ । २५ हजारदेखि ५० हजारसम्मको कारोबारमा नेप्से कमिसन समान र बोर्डले ०.१८ प्रतिशत लिँदै आएको छ । ५० हजार रुपैयाँ माथिको सबै कारोबारमा नेप्से र बोर्ड दुबैका लागि ०.०१५ प्रतिशत कमिसन तोकिएको छ । सबै कारोबारमा पाँच प्रतिशत पूँजीगत लाभकर लाग्छ ।

पब्लिक कम्पनीमा रुपान्तरण भएका तर सार्बजनिक शेयर निष्काशन नगरेका एवं नेप्सेबाट सूचिकरण खारेज भएका कम्पजनीको कारोबार गराउने उध्येश्य साथ ओटिसी बजार सञ्चालनमा ल्याइएको थियो । अन्तर्रा्ष्ट्रिय अभ्यासमा खासै सफलता प्राप्त नगरे पनि नेपालमा पब्लिकमा रुपान्तरण भएका हजार बढि कम्पनीले साधारण शेयर जारी नगरेको हुँदा ओटिसी बजारमा राम्रै कारोबार हुने अपेक्षा नियामकको थियोञच्त्प्छ । 

ओटिसी कारोबार सञ्चालनका लागि धितोपत्र बजार संचालन नियमावली,२०६४ लाई आधार मानेर नेप्सेले ओटिसी बजार संचालन विनियमावली, २०६५ पनि बनाएको थियो । विनियम बने पनि बजार सञ्चालनमा आएको थिएन । कम्पनी रजिष्ट्रारको कार्यालयबाट नै सार्वजनिक निष्काशन नगरेका कम्पनीको शेयर ट्रान्सफर हुँदै आएको थिया । पछिल्लो समय नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिस्टारको कार्यालय र नेप्सेबीच समझदारी भएर ओटिसी बजारलाई संचालनमा ल्याइएको हो ।

२०७२ चैत ७ गते मारुती सिमेन्टको शेयर ट्रान्सफर गर्दै ओटिसी बजारबाट पहिलो कारोबार भएको थियो । त्यसपछिको एक बर्ष खासै काम नभएको बजारबाट पछिल्लो चार महिनामा भने नौ वटा कम्पनीको शेयर ट्रान्सफर भएको छ । ञधितोपत्र बोर्डका अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा १४ सय पब्लिक कम्पनी दर्ता छन् । त्यस मध्ये १२ सय ५५ कम्पनीले सर्बसाधारणमा शेयर जारि गरेका छैनन् । ति कम्पनीमध्ये एक चौथाई मात्रै पनि ओटिसीमा आउने हो भने भ्याइ नभ्याइ कारोबार हुने देखिन्छ ।

धितोपत्र बोर्ड लगायत नियामक निकायले छुट्टै कम्पनी बनाएर ओटिसी बजार सञ्चालनको लक्ष राखेका थिए। तर, कारोबारले खासै गति लिन नसकेपछि नियामक पनि यो बजारबारे अलमलमा परेका छन् । हाल नेप्सेको कार्यालयमै एउटा बिभाग अन्तर्गत यो बजार संचालनमा छ । नेप्सेमा शेयरको अनलाइन कारोबार हुनु अगाडि जस्तै कागजमा लेखेर ओटिसी बजारमा खरिद बिक्री हुने गरेको छ । यसलाई कम्प्युटरकृत कारोबार ढाल्ने नेप्सेको योजना भए पनि मूर्त पाउन सकेको छैन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।