logo

आयल निगमले व्यवसायीको माग पूरा गर्ने

    1751   पटक पढिएको

२७ साउन / अर्थ र व्यापार – तेलको वितरण रोकेर आन्दोलनमा उत्रिएका व्यवसायीको मागमा नेपाल आयल निगम लचिलो बनेको छ । आयल निगमले पेट्रोलियम ढुवानी गर्दा हुने प्राविधिक क्षति ‘सिङ्केज लस’ को क्षतिपूर्ति बढाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बिहीवार अबेरसम्म बसेको बैठकले व्यवसायीलाई साविकमा दिइरहेको सिङ्केज लसको क्षतिपूर्ति बढाउने निर्णय गरेको हो ।

सञ्चालक समितिको बैठले हाल प्रति चार हजार लिटर पेट्रोलमा दिइँदै आएको सिङ्केज लसको क्षतिपूर्ति ३५ लिटरबाट १० लिटर बढाएर ४५ लिटर दिने निर्णय गरेको छ । त्यस्तै, प्रति चार हजार लिटर डिजेलमा हाल दिइँदै आएको क्षतिपूर्ति २४ लिटरबाट बढाएर २७ लिटर र्पुयाइएको छ । 

पेट्रोल ढुवानीका क्रममा ६५ लिटरभन्दा माथि हुने प्राविधिक क्षति हुने दावी गर्दै सोअनुसार क्षतिपूर्ति पाउनुपर्ने मागसहित व्यवसायी आन्दोलनमा छन् । त्यस्तै, डिजेलमा यस्तो क्षतिपूर्ति ४० लिटरभन्दा माथि पाउनुपर्ने माग व्यवसायीको छ ।

क्षतिपूर्ति नबढाएको भन्दै व्यवसायीले बिहीवारदेखि निगमसँग पेट्रोल-डिजेल किन्नै छाडेका छन् । माग सम्बोधन नभए ३१ गतेदेखि पेट्रोलियम बिक्री नै ठप्प पार्ने व्यवसायीको चेतावनी छ । निगमले क्षतिपूर्ति बढाएपनि व्यवसायीले भने यस सम्बन्धमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।