logo

थापाथलीमा टाटाको नेपालकै ठूलो अटो शोरूम

    1643   पटक पढिएको

११ साउन / अर्थ र व्यापार – आजभोलि थापाथलीमा रहेको टाटाको शोरुम आकर्षण र चर्चाको केन्द्रमा छ । गाडीमा चासो राख्ने जोकोही पनि शोरुम पुग्दा एक पटक प्रवेश गर्न इच्छा राख्न सक्छन् । किनभने टाटाले आफ्नो नयाँ कार शोरुमलाई भव्य र शानदार रुपमा प्रस्तुत गरेको छ । शोरुमको डिस्प्लेमा गज्जबसँग १० वटा गाडी राख्न मिल्छ । 

६ हजार २ सय स्क्वायर फूटमा फैलिएको टाटाको शोरुम नेपालकै सबैभन्दा ठूलो आधुनिक अटो शोरुम भएको दावी कम्पनीको छ । शोरुम भूकम्पप्रतिरोधी स्टिल फिक्सिङ प्रविधिमा आधारित भएर बनाइएको छ । शोेरुमलाई विशेष लाइटसहित विभिन्न तरिकाबाट आकर्षक रुपमा सजाइएको छ । शोरुमको मुख्य डिस्प्ले एरिया ४ हजार स्कवायर फूट क्षेत्रफलमा ओगटेको छ ।

यसअघि थापाथलीमा टाटाको कमर्सियल गाडीको शो रुममै केही भाग छुट्याएर कार डिस्प्ले गर्ने गरिएको थियो । कारको मुख्य शोरुम भने टेकुमा थियो । अब भने थापाथलीमा टाटा–सिप्रदीको कार डिपार्टमेन्ट नै सरको छ । शोरुमसँगै आधुनिक प्रविधिमा आधारित भएर कार डिपार्टमेन्टको अफिस सेट गरिएको छ ।

अब टाटाले शोरुमको मद्धतमा कस्टमर सर्भिसमा थप नयाँ आयाम थप्ने छ । कम्पनीले शोरुमभित्रैको क्षेत्रमा १५ वटासम्म गाडी टेस्ट ड्राइभका लागि राख्न सक्ने क्षेत्र पनि तयार राखेको छ । त्यसैगरी ग्राहकले १५ वटासम्म सवारी सजिलैसँग शोरुममै आएर पार्क गर्न सक्नेछन् । साँझको समयमा शोरुमको डिस्प्ले अझ भव्य देखिने गरेको छ । टाटाका गाडीलाई साँच्चिकै अनुभुत गर्न ग्राहकलाई अझ सहज भएको छ ।

    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।