logo

दातृ निकायका आयोजनाको मापदण्डप्रति निर्माण व्यवसायी महासंघको आपत्ति

    2040   पटक पढिएको

११ मंसिर / अर्थ र व्यापार- नेपाल निर्माण व्यवसायी महासंघले दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजनामा सरकारले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको छ । महासंघले मंगलबार पत्रकार सम्मेलन गरी एशियाली विकास बैंक (एडीबी) लगायतका दातृ निकायको सहयोगमा सञ्चालित आयोजनामा सरकारले स्वदेशी निर्माण व्यवसायीले कामै गर्न नसक्ने गरी मापदण्ड तय गरेको उल्लेख गर्दै आपत्ति जनाएको हो ।

महासंघले सडक विभाग आयोजना निर्देशनालयले एशियाली विकास बैंक (एडीबी) को आर्थिक सहायतामा सञ्चालित विद्युत प्रशारण लाइन तथा सडकको स्तरोन्नति कार्यक्रममा राखिएको ठेक्कासम्बन्धी मापदण्डप्रति आपत्ति जनाएको हो ।

विदेशी लगानीमा सञ्चालित ठूला–ठूला परियोजनामा नेपाली निर्माण कम्पनीले कामै गर्न नसक्ने गरी ठेक्कासम्बन्धी मापदण्ड तय गरेपछि सरकारको सो कदमप्रति आपत्ति जनाउनुपरेको महासंघका महासचिव रोशन दाहालले वताए । महासंघले स्वदेशी निर्माण व्यवसायीहरुले कामै गर्न नसक्ने गरी राखिएको मापदण्डबारे स्पष्ट जवाफ दिन पनि सरकारसँग जोडदार माग समेत गरेको छ । महासचिव दाहालले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पट्टामा बञ्चित गरेर विदेशीलाई ठेक्का दिने नियतका साथ सरकारले सो कदम चालेको उल्लेख गर्दै सो मान्य नहुने चेतावनी पनि दिए ।

महासंघले पूँजी विदेश पलायन हुन नदिन पनि दातृ निकायको ऋण सहयोगमा सञ्चालित आयोजना नेपाली निर्माण व्यवसायीहरुलाई सहज ढंगले काम गर्न दिने वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।