logo

नेपाल जग्गा तथा आवास विकास संघको १२ औं साधरणसभा सम्पन्न, अध्यक्षमा मीनमान श्रेष्ठ निर्वाचित

    1608   पटक पढिएको

८ पुस/ अर्थ र व्यापार  - नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा डाउनटाउन हाउजिङ कम्पनी प्राइभेट लिमिटेडका मीनमान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औँ साधारणसभाले श्रेष्ठलाई अध्यक्षमा दुई वर्षका लागि निर्वा्चित गरेको हो । साधारणसभाबाट अध्यक्षसहित छ पदाधिकारी निर्विरोध निर्वाचित भएको संघका प्रशाकीय अधिकृत जगत श्रेष्ठले जानकारी दिए ।

नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रोपर्टी डिलर्स प्रालिका इच्छाबहादुर वाग्ले, द्वितीय उपाध्यक्षमा एसबी कम्पनी प्रालिका विदुर धमला, तृतीय उपाध्यक्षमा सिडी डेभलपर्स प्रालिका दीपक कुवँर, महासचिवमा वागमती प्रोपर्टी डिलर्स प्रालिका भेषराज लोहनी र कोषाध्यक्षमा कन्टिनेन्टल डेभलपर्स प्रालिका पुरुषोत्तम पौड्याल निर्विरोध निर्वा्चित भएका छन् ।

कार्यसमिति सदस्यमा तुलसीप्रसाद अधिकारी, बहादुरकृष्ण ताम्राकार, टंकबहादुर श्रेष्ठ, दीपक मलहोत्रा, आशिष गर्ग, गोविन्दप्रसाद लोहनी र सुमितकुमार अग्रवाल निर्वा्चित भए।साधारणसभाको उद्घाटन गर्दै संघका निर्वतमान अध्यक्ष इच्छाराज तामाङले घरजग्गा व्यवसायले देशको आर्थिक हिस्सामा ठूलो टेवा पुर्याउँदै आएको भए तापनि राज्यले व्यवसायीलाई उपेक्षित गरेको गुनासो गरे ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सबल, सुदृढ र प्रतिष्ठित संस्थाको रुपमा स्थापित गर्न दत्तचित्त भई सबै व्यवसायीको हकहितको लागि निरन्तररुपमा प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।