logo

८ प्रतिशतले ओर्लियो मुद्दती व्याजदर

    2197   पटक पढिएको

११ भदौ / अर्थ र व्यापार – मुद्दती निक्षेपमा १२ देखि १४ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले व्याज दर घटाउन सुरु गरेका छन् । यसअघि लगानी योग्य पुँजी अभावको समस्या खेपिरहेका बैंकहरुमा पछिल्लो समय यो समस्या हटेपछि बैंकहरुले निक्षेपको व्याज दर घटाउन थालेका हुन् । समस्या कायम रहँदा साधारण बचतमा नै ६ देखि ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरिरहेका बैंकहरुले अहिले मुद्दतीमा त्यो दर दिन थालेका छन् ।

अहिले मुद्दती निक्षेप राख्दा सबैभन्दा धेरै व्याजदर मेगा, जनता, सेञ्चुरी लगायतका बैंकहरुले दिइरहेका छन् । मेगा र सेञ्चुरी बैंकले मुद्दती निक्षेपमा १० प्रतिशतसम्म व्याज दर दिइरहेका छन् । सेञ्चुरी र जनता बैंकले बचतमा पनि ६ देखि ८ प्रतिशतसम्म व्याज दिइरहेको छ ।

यता, कुमारी, एभरेष्ट बैंकले मुद्दती निक्षेपमा अधिकत्तम ८ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । नेपाल एसबीआई बैंकले अधिकत्तम ८.५० प्रतिशत र नबिल बैंकले ९ प्रतिशतसम्म व्याज दर प्रस्ताव गरेका छन् । सरकारी खर्च बढ्न थालेपछि र निक्षेपमा पनि सुधार हुन थालेपछि मुद्दती निक्षेपको व्याज दर घटेको हो ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने मुद्दती निक्षेपमा अधिकत्तम ७ प्रतिशतसम्म व्याज दर दिने भएको हो । साउन अन्त्यसम्ममा ८ देखि ११ प्रतिशत व्याज दर दिइरहेको बैंकहरुले यो दर घटाएका हुन् । अधिकांशमा मुद्दतीको व्याज दर ८ प्रतिशतमा रहेको छ । ८ प्रतिशत व्याज दर नै बजारमा हाल मुद्दती निक्षेपको लागि स्थापित व्याज दर भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।